गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
8K Shares


भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो बहान किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ ।

गणेले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ ९हात्तीको जस्तो मुख भएको० राक्षस थियो । उसले सवै देवताहरुलाई आक्रमण गर्ने गर्थ्यो ।

गजमुखासुरबाट आजित देवगणहरु त्यो राक्षसबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको डरले उक्त गजमुखासुर राक्षस मुसा बनेर भाग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।

एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले गल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रोधित भइ गन्धर्बलाई मुसा बन्ने श्राप दिए ।

क्रोंचले अन्जानमा भएको गल्तीलाई लिएर वामदेव ऋषिसँग माफी मागे । ती गन्धर्बले माफी मागेपछि ऋषिले आफ्नो श्राप फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए ।

जसबाट तिम्रो कल्याण हुनेछ भने । त्यसपछि गणेशको वाहनका रुपमा मुसा बनेको किंबदन्ती प्रचलनमा रहेको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा