पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

प्रकाशित मिति:

पाल्पा ।पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलबाट आइतबार साँझ अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थाबाट २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरेका हुन् । घटनापटि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

घटनामा संलग्न वडा नं ३ का करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो ।

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्।