दोस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता हिमालय माद्यमिक विद्यालयले जित्याे

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सम्झना पोख्रेल
फाल्गुन २६, गुल्मी ।
धुर्काेट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सकिएको छ । धुर्कोट गाउँपालिका र शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा यहि फाल्गुन २४,२५ र २६ गते क्षेत्रीय खेल मैदान कालापोखरामा सञ्चालन गरिएको दोस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा धुर्काेट गाउँपालिकाका १० विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्र÷छात्रा भलिबल र एथ्लेटिक्स तर्फ छात्र÷छात्रा हाइजम्प, लङ्जम्प, सटफुट, ज्यामलिङ्ग थ्रो, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड, ४०० र १६०० मिटरको रिले दौड गरी कुल २८ पदकका लागी प्रतिस्पर्धा भएको थियो ।
जसमा १० स्वर्ण, १ रजत र ६ कास्य गरी कुल १७ पदक सहित हिमालय माद्यमिक विद्यालय विजेता भई यस बर्षको रनिङ्शिल्ड प्राप्त गरेको छ । त्यस्तै ५ स्वर्ण, ७ रजत र ७ कास्य गरी कुल १९ पदक सहित पाञ्चायन माद्यमिक विद्यालय उपविजेता बनेको छ । त्यसैगरी ४ स्वर्ण पदक, ८ रजत, र ६ कास्य पदक गरी कुल १८ पदक सहित धुर माद्यमिक विद्यालय तृतिय, ३ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित कुल ६ पदक सहित इन्दिरा माद्यमिक विद्यालय चौथो, २ स्वर्ण, ४ रजत, र २ कास्य गरी कुल ८ पदक सहित नयाँगाउँ माद्यमिक विद्यालय पाँचौ, २ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ४ पदक सहित भगवति माद्यमिक विद्यालय छैठौँ र १ स्वर्ण, २ रजत गरी कुल ३ पदक सहित निन्युखर्क माद्यमिक विद्यालय सातौँ स्थान प्राप्त गरेका छन् ।
त्यस्तै छात्रा भलिबलतर्फ पाञ्चायन माद्यमिक विद्यालय विजेता र वाग्ला माद्यमिक विद्यालय उपविजेता भएका छन् भने छात्रतर्फ हिमालय माद्यमिक विद्यालय विजेता, पाञ्चायन माद्यमिक विद्यालय उपविजेता र भगवति माद्यमिक विद्यालय तृतिय भएका छन् ।
उक्त प्रतियोगितामा स्वर्ण र रजत पदक विजेता विद्यार्थिहरुले यहि चैत्रमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…