विप्लव समूहका बारा जिल्लाका इन्चार्ज नकडोली पक्राउ

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ  – प्रतिन्धित पार्टी नेत्रविक्रम चन्द समूह (विप्लव) का नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला ईन्चार्ज इन्द्र बहादुर नकडोली (परियार) पक्राउ परेका छन् ।मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया बस्ने नकडोलीलाई प्रहरीले जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर टोलबाट पक्राउ गरेको हो ।आईतबार दिउँसो पक्राउ परेका नकडोलीको साथबाट २७ प १९९१ नम्बरको एक थान पल्सर मोटरसाईकल बिभिन्न कम्पनीका ६ थान मोबाइल,

नेपाल टेलिकमको ६ थान सिमकार्ड, विप्लव समुहसंग सम्बन्धित पर्चा पम्प्लेट,किताब,डायरी लगायतका सामाग्री फेला पारिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका नकडोली बिभिन्नि अपराधिक गतिविधीमा संलग्न भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जनाए ।प्रहरीका अनुसार नकडोलीविरुद्ध आपराधिक उपद्रव शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया