सुरक्षाभक्ताको रकम वितरण वारेमा बैकसंग छलफल

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली फागुन , दाङ । साथै सोमवारै राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा भक्ताको रकम वितरण प्रक्रियाका वारेमा स्थानिय स्तरमा रहेका बैकका प्रतिनिधिहरु संग छलफल गरिएको छ ।
अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भालुवाङ, लालमटिया, मौरीघाट र सिसहनियामा सञ्चालनमा रहेका ६ वटा बैक संग छलफल गरिएको हो ।
सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नागरिकलाई सरल र सहज तवरले रकम प्राप्त गर्ने उपाय खोज्नका लागि बैकका प्रतिनिधिहरु संग छलफल गरिएको यम आई यस अपरेटर नारायण बहादुर राउतले जानकारी दिनुभएको छ ।
अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल नेपाल बैक लिमिटेड सिसहनियाका भोजराज जोशी, कर्णाली डेभलपमेन्ट बैक सिसहनियाका प्रदिप पुजारी, एन आई सि बैकका सुवास चन्द्र पौडेल, सांग्रीला डेभलभमेन्ट बैक भालुवाङका यज्ञ विक्रम आचार्य, साईन रेसुङ्गा लालमटियाका सन्तोष घिमिरे लगायतकाको सहभागीता रहेको छलफलले सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना सञ्चालनका लागि नुमानन्द सुवेदिको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि, रेशम राज अधिकारी र सदस्य सचिवमा नारायण बहादुर राउतलाई जिम्मेवारी दिईएको छ ।
साथै बैठकले गुनासो सुनुवाई समितिमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, सम्वन्धित शाखा प्रमुख नारायण बहादुर राउत, सविता चौधरी र रेशम राज अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।