मंगलापुरमा ६ करोड लगानीमा बोधी भिल्ला बेङ्क्वेट

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट / बुटवल  –  रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा ६ करोड रुपैयां लगानीमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गसंगै जोडिएको तीन बिघा क्षेत्रफलमा स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा रुपन्देहीकै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो। फरक शैलीको मल्टि फङ्सनल बेङ्क्वेटमा एकपटकमा पांच हजार जनासम्मलाई सेवा दिन सकिने बोधि भिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए । ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेको र बुटवल तथा भैरहवा दुबै शहरका सेवाग्राहीका लागि मध्य भागमा सेवा दिने उद्देश्यले जिल्लाकै ठूलो बेङ्क्वेट र रक गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं’–श्रेष्ठले भने–‘भविष्यमा सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पूल पनि सञ्चालन गर्ने लक्ष्यछ ।’ बेङ्क्वेट परिसरमा माछापालन गरिएको पोखरीमाथि पुल बनाएर मनमोहक दृश्य बनाइएको छ ।बेङ्क्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका एकहजार बृक्षरोपण पनि गरिएको छ ।ग्राहकले फिशिङ गर्न र जिउंदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई बेङ्क्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्करुपमा उपलब्ध गराएको प्रालिका व्यवस्थापक छविलाल थापाले बताए । प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रालिको रेन्टुरेन्टमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनसीप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रुपमा कार्यरत रहेका छन् । उनी समुद्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन् । ६ महिनासम्म परीक्षण सेवापछि प्रालिले होली पुर्णिमाको अवसर पारेर मंगलबारदेखि व्यवसायिक रुपमा सेवा सञ्चालन गर्न लागेको हो । बेङ्क्वेटको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले मंगलबार बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको प्रालिका व्यवस्थापक थापाले जानकारी दिए । उद्घाटनका अवसरमा प्रालिले कोरोना विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित लाइभ म्युजिक सांस्कृतिक कार्यक्रम समेत राखेको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताए । सांगीतिक कार्यक्रम निशुल्क प्रवेश र पारिवारिक वातावरणमा बेङ्क्वेट परिसरमा मात्र सीमित हुने उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शनिबारको राशिफल
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत