सद्भाव र रंगको पर्व होली

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


 मौसमी कुमारी कुशवाहा – होली रङ्ग र गुुलालले मनाइने एक पर्व हो । होलीको दिन हरेक मानिस रङ्ग र गुुलालमा सराबोर भई सतरङ्गी भएको हुुन्छ । विशेष रुपले तराईमा र मित्र राष्ट्र भारतमा भव्य रुपमा यो पर्व मनाईन्छ । होली फागुुनको वसन्त पुुर्णीमाका रातमा होलिका दहन गरि भोलिपल्ट खेल्ने गरिन्छ । सानाले आफ्नो अग्रजलाई अबिरले ढोग गरेर आशिष लिन्छन् भने बच्चाहरु र युुवायुवतीहरु रङ्ग गुुलाल एक अर्कामाथि खन्याएर होली मनाउने गर्छन् । वर्षौको रिस द्वेषलाई भुुलेर नयाँ सम्बन्ध सुुरु गर्ने एक सशक्त माध्यम होली हो । हिन्दुुहरुको प्रसिद्ध चाडपर्वको रुपमा रहेको होलीको आफ्नो छुुटै आस्था र अस्तित्व रहेको हुुन्छ । अरु पर्वको तुुलनामा होलीलाई ठीक उल्टो तरीकाले मनाईन्छ । तराईका जति पर्वहरु छन्, सबमा भोकै व्रत बस्नुु, पुुजापाठ, नियम पालन, भगवान्को स्तुुति गर्नु जस्ता कार्य गरेपनि होली त्यसको उल्टो दिनभरी विभिन्न परिकार बनाएर खानुु, ठुुलो सानोमा भेद नगरी प्रेमको भावनाले जिस्कने रमाइलो गर्ने विभिन्न लोक सङ्गीतको आधार बनाई कटाक्ष व्यङ्ग्य गर्ने गरिन्छ । हाम्रो हिन्दुु संस्कृतिमा हरेक चाडपर्व सबै पौराणिक घटनासँग, अध्यात्मसँग जोडिएको हुुन्छ । होली पनि पौराणिक घटना मै अधारित रहेको छ । सत्ययुुगमा हिरण्यकश्यप नामको एउटा ठूलो दैत्य थियो । उ आफैलाई भगवान ठान्ने भएकोले उसको आफ्नै छोरा प्रहलाद विष्णुको ठुलो भक्त भई मन्त्र जप गर्न थाले । यस घटनाले आफ्नै छोरालाई अनेकौ शारीरिक यातना दियो । अन्त्यमा व्रम्हासँग अग्निको वरदान पाएकी आफ्नै बहिनी होलिकाको काखमा बसाएर आगो लगाएर मृत्युुदण्ड दिने योजना बनाए ।

फलस्वरुप त्यही आगोमा होलिका जलेर भष्म भइन् तर प्रहलादलाई आगोले कुुनै असर गरेन । यसर्थ यस घटनाबाट के सन्देश पाइन्छ कि असत्य माथि सत्यको विजय हुुन्छ ।होली एक पारिवारिक प्रेम मिलन हो । आफन्तसँग मेलमिलाप सामाजिक सदभावना स्वरुप रङ्ग र अबिरको साहाराले अङ्कुुरण गराउने माध्यम हो । वर्षौदेखि आफन्तसँग भेट्न नपाएकाहरुका लागि भेटेर माया, प्रेम र सद्भावको एक बहाना पनि हो । होलीको दिन आफुुभन्दा अग्रजसँग आशिष लिने सानालाई माया र आशिष दिने गरिन्छ । परिवारमा छिमेकमा विभिन्न कारणले उत्पन्न भएको मनमुटाव, रिस, द्वन्दलाई होलीको माध्यमले भुुलाउने गरिन्छ । एक आपसमा बढेको नकारात्मक भावनामा रङ्गको सहाराले सद्भावको, प्रेमको रङ्ग चढाइन्छ । विभिन्न किसिमका मिठो मिष्ठान पकाएर आफन्त छिमेकमा बाड्ने, आपसी एकतालाई अझ बलियो बनाउने र भेटघाट गर्ने अंकमाल गर्ने र भाइचाराको भावना स्थापित गर्ने गरिन्छ । उमंग बिनाको फागुन र तरंग बिनाको होलीको कुनै अर्थ हुँुदैन । जबसम्म राधामोहनको प्रेम जस्तो मन कोमल, आत्मसमर्पणको भावना जाग्रित हुँदैन तबसम्म हामी होली खेल्नको लागी तयार हुन सक्दैनौँ तबसबम्म मनमा प्रेमको रङ्ग चढ्न सक्दैन । फागुुन महिना यस्तो महिना हो जसको हावा, पानी, माटो, सुुर्यको रापमा, रातको अँध्यारोमा पनि, प्रेम स्वरुप रङ्ग चढेको हुुन्छ, हर्षोल्लास, उत्तेजना, तरंग एउटा छुुट्टै नशा छाएको हुुन्छ । हरेक मानिसको मन प्रेमले ओतप्रोत र उत्तेजित भएको हुुन्छ । भोजपुुरीमा एउटा उखान छ “

भर फागुुन बुु¥हउ देवर लगिहे ” भनाईको अर्थ फागुुन मसान्तसम्म एउटा वृद्ध पनि देवर नै देखिन्छ ।उमेरको कुनै हद न राखी होली खेल्ने गरिन्छ । होलीमा न भाषा, न जाति, न उमेर, न कुुनै धर्मको भेद रहन्छ मात्र मानवको भावना रहन्छ । यो एक सामन्त र विपन्न बिचको दुुरीलाई घटाउँछ । कमसेकम होलीको दिन हरेक मानिस बराबर भई सद्भावना जाग्रित गर्ने गरिन्छ ।सब एक समान भई आपसी मेलमिलाप र सद्भावको डोरीमा बाँधिने गरिन्छ । दैनिक जीवनको हरेक समस्या, दुुःखलाई बिर्सेर सम्पूर्णमा खुसि र प्रेम बाड्ने भएकोले यसलाई मित्र मिलनको नामले पनि चिन्निछ । होलीको दिन पिचकारी, लोलामा रङ्ग भरि मान्छेलाई भिजाइछ तर त्यो पिचकारीमा मात्र रङ्ग र पानि नभई मनका मिठो भावना मिसिएको हुुन्छ । जीवनको हरेक बेरङ्गलाई सतरङ्गी रङ्गबाट रङ्गयाउने गरिन्छ । होली रास रङ्गको नामले पनि प्रसिद्ध छ किनकी यसमा नृत्य सङ्गीत, लीला, रङ्ग, अबिर, गुुलालको सदाबहार मिश्रण रहन्छ । फागुुनको वसन्त ऋतुुसँगै वृक्षमा नयाँ पालुुवा, खेतमा लहलहाउँदो अन्नबालिले घरमा लक्ष्मी भित्रिन्छ । हिन्दुु धर्मावलम्बीहरुले पञ्चतत्वको पुुजा गर्ने भएको कारणले अन्नबालिको केहि अंशमा आगो बालेर होलिका दहन गरिन्छ । होलीलाई वर्तमान भन्दा बितेको समयमा भिन्न रुप रहेको थियो । फागुन महिनाको सुुरुवातदेखि नै घर, टोल, छिमेक, खेतखलिहानमा होलीको लोक गीत घन्किन्थ्यो तर अचेल यो परम्परा लोप हुुँदै गएको छ । बितेको समय होलीको अवसरमा मन्दिरमा राम कृष्णको नामयुुक्त होलीको भजन गुुञ्जिन्थ्यो भने गाँउ नगरमा ढोल, मञ्जिराको तालसँग लोकगीत गाइन्थ्यो । बदलिँदो समयसँगै आजभोली होलीको नाममा अश्लिलता भित्रिएको छ ।

भोजपुुरी सङ्गीतकारहरुले आफ्ना मार्यादा, सिमालाई बिर्सेर विभिन्न अश्लिल शब्दको प्रयोग गरी यो सँस्कृतिलाई विकृत बनाएका छन् । नयाँ युुवा पुुस्ताहरुले होलीकोे नाममा धेरै मासुु खाने, विभिन्न किसिमका पेयपदार्थ, लागुु पदार्थ र नसायुक्त पदार्थको सेवन गरि धुुर्त भएको हुन्छ।आफ्ना सिमा र मर्यादाको ख्यालै नगरी जवरजस्ती कपडा चिथार्र्ने, फोहोर पानी फाल्ने, एक्लै केटि देख्दा गिज्याउने जस्ता लजास्पद कार्यले होलीलाई बदनाम गरिएको छ । अचेल काठमाडौं उपत्यका लगायत पहाडका अन्य क्षेत्रमा पनि होली खेल्ने गरिएको छ । पहाडी समाजमा दिइको स्वतन्त्रताको गलत तरिकाले उपयोग गरेको देखिन्छ । केटीलाई एक्लै देख्दा जिस्क्याउने, कालो मसी दल्ने, होलीको नाममा केटाहरु नसाको सेवन गरि विना जट्टाधारी कलयुुगका शङ्कर बनेर जताततै डुुलिरहने, केटिहरु पुुरै तिघ्रा देख्ने गरि छोटो पाइन्ट र नाइटो देख्ने टिसर्ट लगाएर आफ्नो छुुट्टै समुुह बनाएर अल्लारे छाटमा दिनभरि घुुमेका हुुन्छन् । यस्ता घटना समाजमा बढ्दै गएको कारणले होलीप्रती वितृष्णा बढ्दै गएको छ । वर्तमान युुगमा होेलीलाई यसको अस्तित्व भन्दा उल्टो रुपरेखा बनाइएको छ । होली पर्व एउटा सन्देश लिएर आउँछ । हरेक मानव आफ्ना इष्र्या, द्वेषहरु भुलेर समानता र प्रेमको दृष्किोण अपनाउन । चारैतिर मोजमस्ती र मनोरञ्जनको साथै हाँसो खुुसी छाउँछ । होली हाम्रो साँस्कृतिक सम्प्रदाय भएको नाताले यो हामी सबैको कर्तव्य हो कि हामी होलीको मुुल भावनालाई विकृत हुनबाट र यसको अस्तित्वलाई लोप हुुनबाट जोगाउँ कि भविष्यको पुुस्ता हामीप्रती गौरव महसुश गरुन् । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा