वृद्धबाट १४ वर्षीया बालिका बलात्कृत

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बारा  –  बाराको निजगढ नगरपालिका १० मा एक ७३ वर्षीय वृद्धले १४ वर्षीया बालिका बलात्कार गरेका छन् ।पटक–पटक बलात्कृत हुँदै आएकी बालिकालाई पछिल्लो पटक पाँच दिनअघि घाँस काट्न गएको बेलामा मकैबारीमा ति बृद्धले पुनः बलात्कार गरेका हुन् । बलात्कारका कारण गुप्ताङ्गमा चोट लागेपछि पिसाब गर्न असहज भएपछि बालिकाले घटना सार्वजनिक गरेकी हुन् ।

बृद्धले लगातार बलात्कार गरेको उजुरी परेपनि त्यसअघि घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडित बालिकालाई पैसा दिएर घटना मिलाउने प्रयास गरिएपनि केहि स्थानीयले विरोध गरेपछि प्रहरीमा उजुरी पुगेको हो । उजुरी परेलगत्तै वृद्धलाई इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी चौकी रतनपुरको टोलीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शनिबारको राशिफल
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत