छोराछोरीको विवाहमा सम्धी–सम्धिनी नै भागेपछि…

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – यो दुनियाँ बढो अजिबको छ । कहिलेकाहीँ यस्ता घटनाहरु बाहिर आइरहेका हुन्छन्, जसले हामीलाई विश्वास गर्न पनि गाह्रो पारिदिन्छन् ।एउटा यस्तै समाचार आएको छ, भारतको गुजरातबाट । त्यहाँ आफ्ना छोराछोरीको विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेका छन् । यो समाचार भारतीय प्रयोगकर्ताले खुबै सेयर गरेका छन् ।

हिम्मत पटेल र शोभना रावलले आफ्ना छोरा र छोरीको विवाहमा आफूहरुले पनि विवाह गर्ने निर्णय गरेका हुन् । त्यसो त उनीहरु पहिलो पटक भेटेका भने होइनन् । यी दुईको युवाअवस्थामा प्रेम रहेको बताइन्छ ।

प्रहरीका अनुसार ४३ वर्षका हिम्मत पटेल र ४२ वर्षकी शोभना रावल १० जनवरी देखि फरार भएका थिए । उनीहरुले छोराछोरीको विवाह फ्रेबुअरीमा गर्ने भनेका थिए । अब यो के हुन्छ भन्ने त्यहाँ अन्योल छाएको छ । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा