होलिका दहनकै खुसियालीमा होली,होलिका कसरी जलिन् अग्नीमा ?

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  होलिका प्रह्लादकी फुपु थिइन् । दुष्ट र अहंकारी हिरण्यकश्यपुकी बहिनि थिइन् होलिका । उनले आफ्नो दाजुलाई वरदानमा पाएको एउटा यस्तो साडी छ जसलाई आगोले जलाउँन सक्तैन भनेर विश्वास दिलाइन् । होलिकाले भनिन्, ‘ म त्यो साडी लगाएर प्रह्लादलाई काखमा राख्ने छु अनि चितामा बस्ने छु, प्रह्लाद जलेर मर्ने छ, मलाई केहि हुने छैन।’ योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिए । होलिकाले भगवान बह्माबाट अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् ।जसको रक्षक भगवान हुन्छन्, उसलाई सारा संसार शत्रु भयो भने पनि केहि गर्न सक्तैन । भन्नुको अर्थ यो हो कि भक्त प्रह्लादको रक्षा भयो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिकालाई अग्निबाट आफ्नो शरिर रक्षा गर्न भनि ब्रम्हाले बरदान दिएका थिए तर उनले प्रह्लादलाई मार्न खोजेपछि वरदानले काम गरेन । भक्त प्रह्लादमा निष्कपटता थियो संकल्प थियो, त्यसैले उसको रक्षा भयो । होलिका दहनकै खुसियाली मनाउन आपसमा रंग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।जब प्रह्लादका शिक्षक उनलाई पिताको पूजाको शिक्षा दिन थाले,

तब प्रह्लादले आफ्नो उपाध्याय शिक्षकलाई हप्काउदै भने-‘ तपाई सबै झूठको प्रशंसा गर्ने काम गर्नुहुन्छ, मेरो पिता भगवान हैन । भगवान त सबैका नियामक, रक्षक र स्वामी हुनुहुन्छ। तपाई ती प्रभुको पूजा स्वयं पनि गर्नु र उहाकै भक्तिको उपदेश मेरा सबै साथिहरुलाई पनि दिनुहोस।” प्रह्लादको कुरा सुनेर उनका शिक्षक धेरै रिसाएर प्रह्लादको गुनासो उनको पितासँग गरे । आफ्नो पुत्र नै विरोधी जानेर हिरण्यकश्यपु क्रोधले उग्र भए । तर प्रह्लाद आफ्नो पुत्र नै सोचेर पहिले प्रेमसँग उनले सम्झाए छोरा तिमि मेरो विरोध नगर । तर प्रह्लादले मानेनन् । उनले निर्भीकतापूर्वक भने- ‘पिताजी यदि आफ्नो कल्याण चाहनुहुन्छ तपाई पनि तीनै प्रभुको शरण ग्रहण गर्नुहोस, उनैको नामको सुमिरण गर्नुहोस । प्रह्लादको कुरा सुनेर हिरण्यकश्यपुले सेना एवं सेवहरुलाई भने- यस दुष्टलाई जसरी पनि मार ।सेवकहरुले प्रह्लादलाई हात्तिले किच्न लगाए, पहाडबाट तल फ्याल्न लगाए, समुद्रमा डुबाए, अग्निमा जलाउने चेष्टा गरे तर प्रह्लादलाई केहि भएन । आफ्नो पुत्र प्रह्लादलाई दिइएको कष्ट देखेर उनकी माता कयादूले भनिन् -‘छोरा प्रह्लाद ! जुन नामको लागि तिमिले यत्रो कष्ट झेल्नु परिरहेको छ त्यस्तो नामलाई तिमि किन छोड्दैनौ ‘। उनले भने -आमा! तपाईले भनेपछि म नामलाई छोडिदिन्थे तर नाम नै यस्तो छ कि त्यसले मलाई छोड्दैन । त्यो त मेरो श्वाँस- श्वाँसमा रम्ने वाला छ।नाना भाँति कष्टहरुलाई पाएर पनि उनले नामलाई छोडेनन् नाममाथि प्रह्लादको यती विश्वास थियो ।

यो भक्तिकै पराकाष्ठा हो । जब अत्याचारी पिता हिरण्यकश्यपुले भन्छन्, यो प्रह्लादलाई प्रचण्ड आगोले तातिएर रातो भएको खम्बामा बाँधिदेऊ ताकि यो जलेर मरोस् । खम्बामा बाधेर उनलाई बुबाले सोधे – अरे कुलंगार ! बता तेरो ती भगवान् कहाँ छन् ? हेर्नछु आज तेरो रक्षा कसरी गर्दोरहेछ? प्रह्लादले निर्भिकतापूर्वक भने- ”पिताजी ती भगवान ममा पनि छन् , तपाईमा पनि छन् , उनी तपाईको खड़गमा पनि छन र यो खम्बामा पनि ।” तब भगवान त्यो समस्याको निदान बनेर त्यो गरम खम्बालाई फुटाएर नरसिंह रूपमा प्रकट हुन भयो अनि प्रह्लादको रक्षा गर्नुभयो।हिरण्यकश्यपुलाई भगवानको वरदान मिलेको थियो । वरदान अनुसार न भित्र मर्न सक्थ्यो न बाहिर, न आकाशमा मर्न सक्थ्यो न त तल जमीनमा, न मनुष्यले मार्न सक्थ्यो, न त जनावरले मार्न सक्थ्यो । न दिनमा मर्न सक्थ्यो न रातमा। न अस्त्रले न त शस्त्रले मार्न सक्थ्यो । उसले यस्तो वरदान मागेको थियो कि संसारमा उसलाई कसैले मार्न नसकोसI तर भौतिक चीज, आसुरी शक्ति कहिले पनि अमर हुँदैन ।भगवान नरसिंह रूपमा (न मनुष्य न त जनावर) प्रकट हुनभयो अनि हिरण्यकश्यपुलाई पक्रेर न भित्र न त बाहिर दैलोको संघारमा लैजानुभयो अनि न आकाश, न त जमीन आफ्नो घुडामा राखेर नङ्ग्राले उसको छात्ती फाड़ेर मार्नुभयो। यसरी जो अमर हुन चाहन्छ, ऊ कहिल्यै अमर हुन सक्तैन। जसको जन्म भएको छ, एक दिन उसका मृत्यु पनि अवश्य छ। अमर त त्यो चीज हो, जसको जन्म हुँदैन। संसारमा हर क्रियाको समान प्रतिक्रिया अवश्य हुन्छ, जन्म भएको छ भने मृत्यु पनि अवश्य छ ।

यो जन्म-मरणको प्रतिक्रियादेखि पर त्यो चीज छ जुन कहिल्यै जन्मेको छैन, जुन सनातन छ। यसैकारण हामी सनातन धर्मको जय होस् भन्छौं, अर्थात् त्यो परमतत्त्वको जय होस जसको जन्म नै भएको छैन । यहाँ त्यो सनातन तत्त्वको चर्चा भइरहेको छ जसको आदि-अन्त्य छैन, अर्थात जब त्यस परमप्रभूको ऋषिहरूले अनुभव गरे, तब वेदहरूमा कलमको माध्यमले उनीहरूले आफ्नो त्यो अनुभवलाई व्यक्त गरे। उपनिषद्को अर्थ, एक जिज्ञासु जो सद्गुरुको सान्निध्यमा गएर आत्मज्ञान प्राप्त गर्ने जिज्ञासा प्रकट गर्छ भने त्यहि उपनिषद हो।पुराणमा कथाहरूका माध्यमले त्यस परम प्रभुको चर्चा गरिएको छ । यो सनातन तत्त्वको भाव हाम्रा ऋषिहरूले व्यक्त गरेका छन् अनि बताएका छन् कि श्रुति र स्मृतिको पहिले धेरै महत्व रहेका थिए । श्रुति अर्थात् सुन्नु अनि स्मृति अर्थात् याद गर्नु यानी की सुनेर याद राख्नु। आजकल त पुस्कतहरू छन्, फोटोग्राफी छ, तर पहिलेको जमानामा अध्यात्मको, ज्ञानको कुराहरूलाई सुनेर याद राख्थे। श्रुति र स्मृतिलाई माध्यम बनाए, ऋषिहरूका अनुभवहरूलाई मानिसहरूले सुने अनि त्यसलाई याद गरे । सुनेका सबै कुराहरू मानिसहरूले दिमागमा याद राख्थे। तपाईले कति यस्ता वेदपाठीहरू पाउनु हुने छ जसको दिमागमा सम्पूर्ण वेदहरू अंकित छन्, अथात् सारा वेदहरू उनीहरुलाई कण्ठस्थ याद छ । गुरु नानकदेवले भनेका छन-‘आप जपे औरों को जपावे । नानक निश्चय मुक्ति पावे।’यसमा कुनै शंका छैन कि तपाईंले यदि भगवानको भजन गर्नुभयो अनि अरुलाई पनि भजन गराउनु भयो भने गुरु नानकदेवका अनुसार निश्चय मुक्ति पाउनुहुनेछ । यो रहस्यलाई जानेर हामीले जीवनमा धारण गर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया