गुर्जोले बढाउँछ रोगसँग लड्ने प्रतिरोध क्षमता

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।
साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय

गुणको महŒव रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्ध्रविश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ ।हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भने, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ ।” गोरखापत्रमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया