जिप दुर्घटना हुँदा १० घाइते ,४ जना गम्भीर घाइते

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


गोरखा  –  गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ ।बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो ।ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि गर्दै १० जना घाइते भएको जानकारी दिए । बिकका अनुसार, दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ,

राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।यीमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज विकका अनुसार, थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ ।ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।गोरखामा पछिल्लो एक साताको बीचमा भएको यो दोस्रो जिप दुर्घटना हो । यसअघि जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको थियो । गाउँपालिकाकी उपाध्यक्षसहित ७ घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शनिबारको राशिफल
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत