बुटवलको मेला बन्द, आयोजकद्वारा क्षतिपूर्तिको माग

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवलमा सञ्चालीत प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव मेलामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएपछि आयोजकले क्षतिपूर्तिको माग गरेको छ ।कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला महोत्सव तथा भिडभाड हुने काम नगर्न निर्देशन दिएपनि मुख्यमन्त्री संग गरेको छलफलले महोत्सव गर्न सहमति दिएपनि आफै रोक लगाएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा फागुन २१ गतेबाट शुरु भएको मेला सोमबारबाट रोकेको हो ।मेलामा गरिएको लगानीको सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मेला सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरिएको थियो ।स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो गर्दै पूर्व स्वीकृतिलाई सरकारले अपमान गरेको समिति प्रदेश ५ अध्यक्ष शान्ती शर्माले बताईन् ।

उनले नियमपूर्वक सहकार्य गरेको अवस्थामा पनि प्रशासन र सरकारले ठप्प पारेकोले भएको खर्च सरकारले उपलब्ध गराउनुपर्ने दोहो¥याईन ।उनले मेला सञ्चालनको लागि ८२ लाख क्षति भईसकेकोले सो को भरपाई सरकारले गर्नुपर्ने माग गरीन् ।उनले भनिन–‘सबै संरचना बनिसकेको अवस्थामा हामीलाई धेरै लामो समयसम्म नगर्नु भन्ने मौखिक सम्झौता भएको थियो । उद्योग मन्त्री प्रमुख अतिथि राखेका थियोँ, प्रशासन , नगरपालिका र वडा कार्यालयबाट स्वीकृति पनि लिएका थियौँ । हामीले २६ गते समापन गर्छौँ भन्दापनि पाएनौँ। ’यसअघि रकम आउने सम्झैता भएकोबाट पनि पैसा माग्न नपाएको उनको गुनासो छ ।कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही अध्यक्ष कन्ह्यैयालल कसौधन, प्रदेश महासचिव पार्वती अधिकारी लगायतले बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…