होली पर्वमा सियारी गाँउपालिकाको शुभकामना सन्देश

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सैनामैना – सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु, उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले फागुपूर्णिमा होली पर्वका अवसरमा गाउँपालिका बासी, स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुवास्थ्य एवं दिर्घयुको कामना सहित शुभकामना व्यक्त गर्नु भएको छ ।मंगलबार शुभकामना सन्देश जारी गर्दै होलि पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाई शान्ती, समृद्ध एवं समुन्नत र सुद्धिढ गाउँपालिका बनाउन सबैलाई प्रेरणा मिलोस भनेर शुभकामना दिनु भएको हो ।बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम रहेको छ ।

राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन यस पर्वले भुमिका खेलोस भन्दै गाउँपालिका अध्यक्ष अयोध्या थारुले शुभकामना दिनु भयो । चाडपर्वको नाममा फजुल खर्चा, उत्सृंखल गतिविधि लागुपदार्थ सेवन, जुवातास जस्ता गलत कृयाक्लाप नगर्न समेत अनुरोध गर्नु भयो ।रंगहरुको पर्व होलिमा विकृति नफैलाउन तथा संस्कृति अनुसार परिवार संग मिलेर होलि मनाउन गाउँपालिका उपाध्यक्ष अमृता गरुङले गाउँपालिका बासिलाई अनुरोध गर्नु भयो । अहिले नोबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आफ्नो स्वास्थ्यमा ध्ययन दिन समेत उहाँले अनुरोध गर्नु भयो ।कसैको इच्छा विपरित रंङ्ग तथा लोलाको प्रयोग नगर्न गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले अनुरोध गर्नभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया