ट्रम्पलाई पनि काेराेना संक्रमणको आशंका!

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  संयुक्त राज्य अमेरिकामा रिपब्लिकन पार्टीका पाँच जना बरिष्ठ नेताहरु पनि क्वारेन्टाइनमा बसेका छन् । जसमा सिनेटर टेड क्रुज पनि सहभागी छन् । वासिङटन डिसीबाहिर एक कन्जरभेटिभ सम्मेलनमा गएर फर्किएका उनीहरुले भेटेका मानिसमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु डराएर आफैं क्वारेन्टाइनमा बसेका अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।पाँचमध्ये दुईजना सांसदहरुसँग भेटेकाले राष्ट्रपति डोनाल्ड ट्रमपलाई पनि भाइरसको संक्रमण हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । म्याट गेट्ज सोमबार एयर फोर्स वनमा राष्ट्रपति ट्रम्पसँगै यात्रा गरेका थिए ।

डग कोलिन्स कोरोना भाइरसको ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पसँगै रोग नियन्त्रण तथा रोकथाम मुख्यालयमा सहभागी थिए ।राष्ट्रपति ट्रम्पका भावी प्रशासन प्रमुख मार्क मिडोज पनि आफैं क्वारेन्टाइनमा बसेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफेन ग्रिसमले राष्ट्रपति ट्रम्पले अहिलेसम्म भाइरसको परीक्षण नगराएको बताएका छन् । आफ्नो राजनीतिक सर्कलका नेताहरु आफैं क्वारेन्टाइनमा गएपनि ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पको भाइरस परीक्षण आवश्यक नरहेको तर्क गरेको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २७ जनाको मृत्यु भइसकेको छ । ६ सय ८७ जना संक्रमितको उपचार चलिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया