कोरोनाबाट संक्रमितको संख्या हङकङमा १ सय १८ पुग्यो

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


हङकङमा कोरोनाबाट संक्रमितको संख्या १ सय १८ पुगेको छ।मंगलबार ३ जनामा कोरोनाको संक्रमण देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेको हो।हङकङ स्वास्थ्य विभागका डाक्टर चुवाङ सुक–क्वानले मंगलबार ३ जना संक्रमित थपिएको बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।हालसम्म हङकङमा कोरोनाका कारण ३ जनाको मत्यु भइसकेको छ। डाक्टर चुवाङका अनुसार हाल १ सय १८ मध्ये एकको अवस्था चिन्ताजनक छ। २ जनाको अवस्था गम्भीर बन्दै गएको छ।अन्यको भने अवस्था सामान्य छ। हालसम्म कोरोना भाइरस १ सयभन्दा बढी देशमा पुगिसकेको छ।

हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।

हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार ७५४ संक्रमित छन्। त्यहाँ ३ हजार १३६ को मत्यु भइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया