रोट्रयाक्ट क्लब अफ रुपन्देहीको होली शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल २७, मिलन पंगेनी। रोट्रयाक्ट क्लब अफ रुपन्देहीले होली को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तिलोत्तमा ५ मणिग्राम स्थित क्लब को सचिवालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

रोट्रयाक्ट क्लब अफ रुपन्देही का अध्यक्ष रोट्रयाक राजेश खरेलले कार्यक्रममा बोल्दै हाल विश्वमा महामारीको रुप लिएको कोरोन भाइरसको संक्रमण र प्रसासनिक निकाय ले समेत भीड भाड गरि कुनै पनि कार्यक्रम न गर्न सुचना गरेको हुँदा उक्त सूचनाको कदर गर्दै, होली पर्वलाई लक्षित गरी कुनै पनि कार्यक्रम गर्न न सकेको जानकारी दिनु भयो।

त्यसै गरी कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै क्लबका सह सचिब कमल भण्डारीले सतर्कता र सुखमय तरिकाले होली पर्व मनाउन र ठूलो भीड भन्दा घर परिवार सँगै रमाउन सुझाव दिनु भयो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ रुपन्देही का उपाध्यक्ष तेजेन्द्र कार्की, जेडआरआर मिलन भण्डारी, सदस्य शालु पंग्यानी लगायतका सदस्यहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष राजेश खरेलको अध्यक्षतामा र सचिब राम प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।