हार्दिक धन्यवाद, बधाई तथा शुभकामना

प्रकाशित मिति:

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले आफ्नो कला, संस्कृति तथा मौलिक पहिचानलाई कायम गर्दै हालै मार्च ७ तारिख २०२० शनिबारका दिन न्युयोर्कस्थित गुल्सन टेरेसमा २१४७ औं जिवा ग्याल्पो लोसार सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।संस्थाले उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गराउन सफल भएकोमा वर्तमान कार्य समितिका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद दिन चहान्छु।साथै आफ्नो ब्यस्तताको बावजुद पनि हाम्रो कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई अपार सफल बनाई दिनु भएकोमा प्रमुख अतिथि नेपाल सरकारको प्रतिनिधिको रूपमा नेपाली महाबाणिज्यदुतावास न्युयोर्कका महाबाणिज्यदुत श्री पुष्पराज भट्टराईज्यु,बिशेष अतिथिहरू गैह्र आवासीय नेपाली संघ अमेरिकका उपाध्यक्ष श्री बाबुराम लामा ज्यु,नेपाल आदिवासी जनजाति महासंघका बरिस्ठ उपाध्यक्ष श्री पदम गुरूङज्यु,हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकका अध्यक्ष श्री छेपक दोर्जे गुरूङज्यु,नेपाल महाबाणिज्य दुतावास न्युयोर्कका बाणिज्यदुत गणेश प्रसाद अधिकारीज्यु र विभिन्न संघसंस्थाबाट अतिथिका रूपमा आउनुहुने संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्युहरू,पत्रकार मित्रहरू,कलाकारज्यु हरू,स्वयंसेवकहरू,आर्थिक सहयोगी दाताज्युहरू र उपस्थित सम्पुर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवादका साथ आभार ब्यक्त गर्दछु।

बर्तमान कार्य समितिले आयोजना गरेको २१४७औं जिवा ग्याल्पो लोसार सांझ कार्यक्रम एक बिशेष र ऐतिहासिक रह्यो ।घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको इतिहासमा पहिलोपटक अमेरिकाको स्थानीय निकायका पदाधिकारीहरू सेनेटर,काउन्सिलमेन,बोरो प्रिसिडेन्ट ,डेमोक्रेटिक उम्मेदवारहरू, डाईरेक्टरहरू,अमेरिका स्थित दक्षिण एसिया र पुर्वी एसिया देशका कम्युनिटी लिडरहरूको ठुलो उपस्थिति रहेको थियो।उहांहरू सबैलाई म आफ्नो र संस्थाको तर्फबाट बिशेष धन्यबाद दिन चहान्छु। भोलिका दिनहरूमा संस्थाले यहांको स्थानीय निकायसंग सुमधुर संबन्ध कायम गरि हाम्रो मात्रै नभई नेपालको विभिन्न जनजातिहरूको मौलिक पहिचान,कला संस्कृतिको संरक्षण तथा सम्वर्धन र अन्य बिबिध क्षेत्रमा दुई पक्षियहितको कार्य गर्न ठुलो टेवा मिल्ने बिस्वास लिएको छु। हाम्रो संस्था र न्युयोर्कका स्थानीय पदाधिकारीहरू सेनेटर,काउन्सिलमेन,बोरो प्रिसिडेन्ट लगायत अन्य बिभिन्न देशका कम्युनिटीका लिडरहरूसंग समन्वय गरि यो अवसर जुटाउन ठुलो दिलले सहयोग गर्नु हुने जिपी के फाउन्डेसनका अध्यक्ष श्री सोमनाथ घिमिरे ज्यु र सम्पूर्ण टिम सदस्यहरूप्रति पनि हार्दिक नमन ब्यक्त गर्न चहान्छु। ब्यक्तिवादी तथा दलिय चिन्तन र संकृिणा बिचारबाट माथी उठेर संधै संस्थाको उन्नति र प्रगतिका लागि सोच र चिन्ता लिने बर्तमान कार्य समितिका अध्यक्ष निमा ल्हमोज्युलाई संस्थाको उन्नति र प्रगतिको साथै समाजिक कार्यमा बिशेष योगदान दिएबापत बुर्कलिन बोरो प्रिसिडेन्ड भ्चष्अ ी। ब्मबmक र न्युयोर्क सिटी डिस्ट्रिक द्दद्द काउन्सिल मेम्बर ऋयकतब ऋयलकतबलतष्लष्मभक बाट बिशेष सम्मानद्वारा सम्मानित भएकोमा उहांलाई हार्दिक बधाई तथा शुभकामना दिन चहान्छु।साथै न्युयोर्क सिटी डिस्ट्रिक २२ काउन्सिल मेम्बर कोष्टा कन्सटानटिनिडसबाट संस्थालाई बिशेष योगदान दिएका संस्थाका अन्य तीन सदस्यहरू संस्थापक अध्यक्ष डा।ध्याग्याल्पो पुनेल ,निवर्तमान अध्यक्ष श्री छिरिङ राप्के लामा र पुर्व महासचिव श्री पासाङ लामा पनि बिशेष सम्मानबाट सम्मानित भएका छन्।उहांहरूलाई पनि हार्दिक बधाई। धन्यवाद बुर्कलिन बोरो प्रिसिडन्ट एरिक एदम र काउन्सिल मेम्बर कोष्टाज्युलाई । यसबाट हामी सम्पूर्ण घ्याल्सुम्दोेबासी दाजुभाई तथा दिदीबहिनीहरू अत्यन्तै गर्वान्ति भएका छौं।आगामी दिनहरूमा घ्याल्सुम्दो सेवा संस्थाले न्यूयोर्कको नेपाली डायस्पोरामा आफ्नो छुट्टै पहिचानका साथ स्थानीय निकायसँग हातेमालो गर्दै एउटा सक्षम तथा सबल संस्थाको रूपमा स्थापित गर्न थप सफल मिल्नेमा आशावादी छु।अन्तमा यो जिवा वर्गको ग्याल्पो लोसारले हामी सबैमा सकारात्मक सोच र शक्ति प्रदान गर्न सकुन्। अनेकतामा एकता , घ्याल्सुम्दो संस्थाको बिशेषता ।जय घ्याल्सुम्दो।धन्यवाद।

छिरिङ राप्के लामा
निवर्तमान अध्यक्ष
घ्याल्सुम्दो सेवा संस्था, अमेरिका।