कोरोनाभाइरसबाट बच्न वृद्धहरू सकेसम्म घरभित्रै बस्नुपर्ने बिज्ञको सुझाव

२८ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


एलिजाबेथ कोहेन । अमेरिकामा कोरोनाभाइरस फैलिएको छ। युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसि० ले वृद्ध र दीर्घरोग भएका व्यक्तिलाई सकेसम्म धेरै समय घरभित्रै बस्न प्रोत्साहन गरिरहेको छ।

सिडिसले जनाए अनुसार प्रारम्भिक जानकारीले वृद्धलाई कोरोनाभाइरसको जोखिम दोब्बर बढि हुन्छ। युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेसले वृद्ध समुदाय र पहिले नै गम्भीर रोग लागेका व्यक्ति लक्षित कार्यक्रम गर्ने तयारी थालेको सिएनएनले जनाएको छ।

संघीय सरकारसँग नजिकको सम्बन्ध भएका दुई शिर्ष संक्रमण रोग विशेषज्ञले ६० वर्षभन्दा धेरै उमेर र दीर्घरोग भएका व्यक्तिलाई भीडभाडबाट टाढै रहन सुझाव दिएपछि सिडिसिले यस्तो सल्लाह दिएको हो।

भ्यान्डरबिल्ट विश्वविद्यालयका प्राध्यापक तथा सिडिसिका पुराना सल्लाहकार डा। विलियम साफनरले हवाइ यात्रा, सिनेमाघर, पारिवारिक जमघट, भीडभाड हुने मलमा शपिङ र धार्मिक अनुष्ठानजस्ता गतिविधिबाट दुवै समूहलाई टाढा बस्न सल्लाह दिएका छन्।

साफनरले भने, “यी दुई समूहले यो समयमा यी गतिविधीबाट टाढै बसेको बेस हुन्छ। ६० वर्षभन्दा धेरै उमेरका व्यक्ति र मुटु वा फोक्सोको रोग, मधुमेह वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले यसमा विशेष ध्यान दिनुपर्छ। अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहनु नै भाइरसबाट टाढा बस्ने उपाय हो।”

मिनिसोटाको पूर्व स्टेट एपिडिमियोलोजिस्ट माइकल ओस्टरहोल्मले पनि यसमा सहमति जनाएका छन्। उनले भने, “मेरो विचारमा यस्तो गर्ने समय आइसकेको छ।”

ओस्टरहोल्मले सार्वजनिक स्वास्थ्यबारे संघीय सरकारलाई सल्लाह दिने समितिमा काम गरिसकेका छन्। उनी मिन्नेसोटा विश्वविद्यालयको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्चका निर्देशक पनि हुन्।

दुवै विशेषज्ञको उमेर पनि ६० वर्षभन्दा बढि छ। उनीहरू आफैंले पनि यस्तो उपाय अपनाएको बताएका छन्। “पत्नि र म किनमेल गर्नपरे, भीडभाड नभएको बेला राति जान्छौं। हामी छिटोछरितो गरि आउजाउ गर्छौं,” साफनरले भने। थुप्रै सहभागी हुने एउटा “ब्रिज क्लब” जाने पत्निले त्यहाँ जान बन्द गरेको पनि उनले बताए।

“उनलाई ब्रिज खेल्न मनपर्छ। यो उनको जीवनको महत्त्वपूर्ण पाटो हो। यसले उनलाई मानसिक रूपमा सक्रिय पनि राख्छ तर केहि समयका लागि उनले त्यसलाई थाँती राख्नेछिन्,” उनले भने। ओस्टरहोल्मले केहि यात्राको योजना रद्द गरेको बताए।

चीनको तथ्याङ्कले वृद्ध र दीर्घरोग भएका व्यक्ति गम्भीर रूपमा बिरामी हुने जोखिम सबैभन्दा धेरै भएको देखाउने साफनर र ओस्टरहोल्मले बताए। उनीहरूका अनुसार कोरोनाभाइरसले उनीहरूको ज्यान पनि लिनसक्छ। कम उमेर र स्वस्थ व्यक्तिलाई सामान्यदेखि मध्यमखाले संक्रमण हुने वा कहिलेकाँही लक्षण पनि देखा नपर्ने सम्भावना हुन्छ।

केहि महत्त्वपूर्ण घटनाको सवालमा लचकता पनि अपनाउन सकिने साफनर र ओस्टरहोल्मले बताए। “यो निर्देशन होइन। आदेश पनि होइन,” साफनरले भने, “सबैजना घरभित्र ढोका थुनेर एक महिनासम्म बस्नुहोस् भन्ने मेरो आग्रह होइन। भीड वा समूहमा जाँदा प्रत्येक पटक विचार गर्नुहोस् मात्रै भनेको हुँ।”

उदाहरणका लागि, नातिनातिनाको विवाह समारोहमा सहभागी हुनचाहनेले अलग्लै छेउमा बस्ने र नातेदारलाई अंकमाल र चुम्बन गर्नुको साटो कुहिनो जोडेर सम्बोधन गरे हुन्छ। तर सप्ताहन्तको नियमित धार्मिक अनुष्ठान नगए पनि हुन्छ। “नजानुहोस्। घरमै श्रद्धाभक्ति गर्नुहोस्,” साफनरले भने।

सीएनएनबाट नेपाली अनुवाद गरिएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया