झरना कप उपाधिका लागि फर्साटिकर र लिस्नुको भिडन्त, कांग्रेस नेता खाँणले बिजयीलाई पुरस्कृत गर्ने

२७ आश्विन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
5 Shares


असोज २७ तिलोत्तमा । ३२ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज फर्साटिकर युथ क्लब र लिस्नु युवा क्लब भिडदै छन ।

झरना स्पोट्र्स क्लबको आयोजनामा तिलोत्तमा नगरपालिकाको कुञ्जलापुरमा जारी प्रतियोगिताको उपाधिका लागि आज दिउसो २ बजे फर्साटिकर र लिस्नु भिडन लागेका हुन ।

सेमिफाइनलमा फूलबारी गाईज बुटवललाई ३–२ गोलले पराजित गर्दै फर्साटिकर र पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवललाई ५–१ गोलले पराजित गर्दै लिस्नु फाईनलमा पुगेका हुन ।

असोज १२ गतेदेखि जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र स्याग्जाका १६ टोली सहभागि भएका थिए । प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने क्लवका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीलाई २१–२१ हजार र प्रत्येक दिनका उत्कृष्ठ खेलडी र अन्त्यमा उत्कृष्ट खेलाडी, गोलरक्षक, गोल किपर लगायतलाई पनि नगद सहित पुरस्कृत गरीने छ ।

प्रतियोगिताका बिजयी समुह र उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्ने क्लवका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया