वर्णाश्रम व्यवस्था ब्रह्मचर्यदेखि सन्याससम्म के–के गर्नुपर्छ

प्रकाशित मिति:

काठमाडौं । वार्णाश्रम व्यवस्था हिन्दू समाजमा जीवनलाई वर्गीकरण गर्ने सूत्र हो । मान्छे जन्मिएपछि मृत्युपर्यन्त आफ्नो जीवनको लक्ष्यबाट नभड्कियोस् भन्नको लागि तयार पारिएको यो व्यवस्थाको बारेमा वैदिक शास्त्रहरुले समेत उल्लेख गरेका छन् ।

वैदिक समाजमा ४ वटा आश्रम व्यवस्था थियो । जन्मदेखि अक्षरारम्भको समयसँगै उनीहरुको आश्रम व्यवस्था चल्ने गर्दथ्यो । त्यतिबेलाका मानिसहरुको औषत आयु एक सय वर्ष भएको हुनाले पनि आश्रम व्यवस्थालाई २५र२५ वर्षमा विभाजन गरेर वर्णाश्रम व्यवस्था तयार पारिएको छ । वाल्यकालसँगै ब्रह्मचर्याश्रमको सुरु हुन्छ । ज्ञान सिप र अन्य कलाहरुको विकाससँगै हामीहरु गृहस्थाश्रममा प्रवेश गर्दछौं । गृहस्थाश्रमको आफ्नो कर्मसँगै आशक्तिहरुलाई त्याग्नको लागि जंगल जाने वानप्रस्थाश्रम व्यवस्थादेखि सन्यासको समयसम्म हामीहरुको विभिन्न नियमहरु रहेका छन् ।

वेदका दुई भागहरु छन्, संहिता र ब्राह्मण । संहिता भनेको मन्त्रको समूह हो । यस संहिता अन्तर्गत् ऋग्, यजु, साम र अथर्व गरी चार भागमा बाँडिएका छन् । जुन यज्ञमा आधारित छ । ऋग्वेदमा उल्लेखित होताको अर्थ वेद स्तुति हो । अध्र्वयु भनेको यज्ञको विधान हो । यज्ञको विधान यजुर्वेदमा सङ्कलित छ । उदगाता भन्नाले उच्च स्वरले वेद पाठ गर्ने व्यक्तिलाई बुझिन्छ । उद्गाता सामवेदसँग सम्बन्धित छ ।

प्रत्येक वेदमा निम्नलिखित चार भाग रहेको हुन्छ ।

९क० संहिता स् यस भागमा मूलत स् मन्त्र, स्तुति र उद्गारहरू रहेका छन् ।

९ख० ब्राह्मण स् यसमा सबै प्रकारका कर्मकाण्डसँग सम्बन्धित मन्त्र र कर्मकाण्डीय विधि उल्लेख छ ।

९ग० आख्यक स् आख्यक स् यसमा सबै कर्मकाण्डमा प्रयोग हुने मन्त्र तथा यसको विस्तार गरिएको छ ।

९च० उपनिषद् स् उपनिषदमा अनेकौं ग्रन्थहरू छन् । यसको सङ्ख्या १०८ सम्म छन् भने १३ ओटा प्रमुख छन् । यसमा परम आत्मीय सत्य र त्यसको प्राप्तिका विभिन्न मार्ग बताइएको छ । उपनिषद् यस्तो उपदेश हो, जुन गुरू शिष्यको निकट बसेर सुनाइन्छ । अरू कसैले सुन्नु हुँदैन भन्ने विश्वास छ । उपनिषद्मा वर्णन गरिएको वेदलाई आधार मानेर पूर्वीय दर्शनको विकास भएको विश्वास गरिन्छ ।

यिनै ४ खण्डहरु वर्णाश्रम व्यवस्थासँग जोडिएका हुन्छन् । यी ४ खण्डहरु मध्येपनि मन्त्रले विशेषतस् ब्रह्मचार्याश्रमलाई, ब्राह्मण खण्डले गृहस्थाश्रम, आरण्यकले वानप्रस्थाश्रम र उपनिषद्ले सन्यासाश्रमलाई जोडेको हुन्छ ।

ब्रह्मचर्याश्रम

यो वर्णाश्रम मध्ये पहिलो आश्रम व्यवस्था हो । जुन जीवनको २५ वर्षसम्म चल्ने गर्छ । यो उमेर गुरुको समिपमा गएर शिक्षा लिने समय हो । यस समयमा विभिन्न आफ्नै नियमहरु छन् । जटा राख्ने वा मुण्डन गर्ने, केवल शिखालाई नै जटाको रुपमा लिने जस्ता ब्रह्मचारीका नियमहरु हुन् । नियमित सन्ध्योपासना गर्नु यो समयको नियम हो । ब्रह्मचारीहरु गुरु सुतेपछि सुत्नुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरु दैनिक सम्भव भएसम्म तीन पटक र नभएपनि दिनको दुई पटक अनिवार्य स्नान गर्छन् । बीचमा शौच गर्नुपर्दा पुनस् नुहाउनु पर्छ । सूर्यास्त अघि दिनमा सुत्नु ब्रह्मचारीको लागि बर्जित छ । नियमित यज्ञ गर्ने भिक्षा मागेर खानाको जोहो गर्ने जस्ता नियमहरु यो आश्रममा पाइन्छ ।

ब्रह्मचारीहरुको स्वभावबारे संस्कृतमा श्लोक छ

स्वभाव एष नारीणां नराणामिह दूषणम्

अतोर्थान् न प्रमाद्यन्ति प्रमदासु विपश्चित ।।

अर्थात्, पुरुषलाई दुषित गरिदिनु स्त्रीको प्रकृतिप्रदत्त स्वभाव हो । यही अर्थले विचारशील पुरुषले स्त्रीहरुको विषयमा असावधानी गर्नु हुँदैन ।

गृहस्थ आश्रम

त्यस्तै, ५० वर्षसम्मको उमेर गृहस्थ आश्रमको लागि छुट्टयाईको आश्रम हो । यो आश्रम व्यवस्थाको दोस्रो आश्रम पनि हो । यसमा घर व्यवहारमा रहँदा गर्नुपर्ने कामहरु उल्लेख गरिएको छ । मूलभूतरुपमा गृहस्थाश्रममा गर्नुपर्ने कामलाई तल उल्लेख गरिएको छ ।

यो आश्रममा अग्नीहोत्र, दर्श तथा पौर्णमासयाग प्रमुख कर्मको रुपमा मान्ने गरिन्छ । सावित्री गायत्री आदिको जप गरेर वेदपाठ गर्नु, अतिथि पूजा, रजश्वला स्त्रीमा गमनका लागि निषेध, एक वस्त्र धारण गरेर भोजन आदि कर्म गर्ने गरिन्छ । सन्ध्याकालमा भोजनादि निषेध जस्ता कर्महरु गृहस्थ धर्म भित्र पर्छ ।

वानप्रस्थाश्रम

यो आश्रम व्यवस्था अन्तर्गत् यो तेस्रो आश्रम व्यवस्था हो । यसको शाब्दिक अर्थलाई आधार मान्दा यो जंगलमा गएर बस्ने आश्रम हो । यसको लागि भनिएको छ ।

एवं गृहाक्क्श्रमे स्थित्वा विधिवत् स्नातको द्विजस्

वने वसेत् तु नियतो यथावद् विजितेन्द्रिय ।।

अर्थात्, दीक्षित द्विज जातिहरुले गृहाऽऽश्रममा रहे पनि विधिवत रुपमा आरण्यकमा गएर बस्न सक्दछन् । तर त्यसको लागि जितेन्द्रियहरुलाई विधिवत र शास्त्र निर्दे्शित रुपमा नियन्त्रणमा भने लिनु पर्दछ ।

त्यस्तै, जब शरीरका छाला चाउरी पर्न थाल्दछ । कपालहरु सेता सेता हुन थाल्दछन् र छोरा छोरीको पनि छोरा छोरी देखिन्छ । त्यसपछि मानिस आरण्यकमा जानु पर्दछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

मनुस्मृतिका अनुसार गाउँको सबै जाय जेथा अन्न अन्नादि र सबै हिसावकिताव पुत्रलाई बुझाएर एउटा गृहस्थ श्रीमती सहित वन जानुपर्छ । जाने बेलामा गृह अग्नी, अग्नी होत्रका सामानहरु र समिधा तयार पार्ने सामग्रीहरु पनि साथमा लिएर जानु पर्ने नियमहरु रहेका छन् ।

यसबाहेक सन्यासीहरुको पनि आ–आफ्नै नियमहरु रहेका छन् । जसमा उनीहरुमा कुनैपनि रिस राग दोषहरुबाट मुक्त हुनुपर्छ भन्ने मान्यता रहेको छ । भिक्षा माग्नको लागि फुटेको घडाको टुक्रा, बस्नको लागि रुखको जरा, लगाउनको लागि रद्दीमा फालेको पुराना कपडा, एक्लोपन, सबै प्राणीहरु प्रति समता आदि सन्यासीको लक्षण हो ।

आफूमाथि क्रोध गरिरहेको व्यक्तिमाथि क्रोध नगर्नु, गाली गरेर जानेमाथि पनि कल्याणकारी वचन बोल्नु, सप्तद्वारबाट झुट र असत्यकाम कहिलै नगर्नु जस्ता सन्यासीका लक्षणहरु हुन् ।onlinekhabar bata sabhar