दुवेको निधनप्रति कांग्रेस रुपन्देहीले झण्डा झुकाउने

प्रकाशित मिति:

बुटवल २८ फागुन । नेपाली कांग्रेसका जिल्ला नेता एवं साविक फरेना गाउ सभापती हाल समरिमाई गाउपालिका वडा न ४ का सभापती मार्कण्डे प्रसाद दुवेको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले गहिरो दुःख त्यक्त गरेको छ ।
जिल्ला सभापती अब्दुल रज्जाकद्धारा जारी विज्ञक्तीमा एक ईमान्दार कर्तव्यनिष्ट कार्यकर्ताको निधनले कांग्रेस पार्टिलाई धेरै ठुलो क्षति पुगेको उल्लेख छ ।
पटक पटक पार्टि नेतृत्व र जनप्रनितिधिका रुपमा मर्चवार क्षेत्रको विकासमा दुवेले पुर्याएको योगदानको चर्चा गर्दा शोक शन्तव्ध परिवारजनप्रति गहिरो दुख व्यक्त गर्दछौं विज्ञक्तीमा भनिएको छ ।
दुखको घडिमा तिन दिनसम्म पार्टिको झण्डा आधा झुकाउने र परिवारमा समवेदना प्रकट गरिने सभापती रज्जाकले बताउनु भयो । स्वर्गिग दुवेका छोरा दिवाकर दुवे पार्टिको जिल्ला सदस्य एवं गाउपालिकाको वडा अध्यक्षमा निर्वाचित हुनुहुन्छ ।