राप्ती गाउँपालिका स्तरीय परिक्षा सुरु

२८ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
22 Shares


तिर्थराज ज्ञवाली / दाङ – राप्ती गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षा पालिका स्तरीय परीक्षा व्यवस्थापन समिति मार्फत बुधवार देखी सुरु गरिएकोमा परिक्षा मर्यादित तथाअनुशासीत रुपमा भएको पाईएको छ ।  परिक्षालाई मर्यादित तथाअनुशासीत बनाउनका लागि गाउँपालिकाले उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको नेतृत्वमा पहिलो दिन परिक्षा केन्द्र हरुको अनुगमन गरिएको हो ।

परिक्षाअनुगमनको क्रममाअनुगमन समितिका सदस्य प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल,प्रबक्ता विद्याशरण चौधरी रेशमराजअधिकारी लगायतको सहभागीता रहेको थियो ।पछिल्लो महामारी कोरना बाट सजकता अपनाउदै नेपाल सरकार तथा राप्ती गाउँपालिकाको निर्णय अनुसारकक्षा ५ र कक्षा ८ को साथै सम्पुर्ण

कक्षाको परिक्षा सुरु गरिएको हो ।यसै विच १४ वटा परिक्षा केन्द्रको स्थापना गरि राप्तीगाउँपालिकाले कक्षा ५ र कक्षा ८ को परिक्षा सञ्चालनगर्दै आएको छ साथै सम्पुर्ण सामुदायिक विद्यालयतथा संस्थागत विद्यालयहरुले आ-आफ्नो विद्यालयमा अन्य कक्षाको समेत परिक्षा सुरु गरेका छन्।अनुगमनको क्रममा परिक्षा केन्द्रध्यक्ष तथा शिक्षक कर्मचारी संग परिक्षाअवस्थाको वारेमा बुझिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया