‘सरकारका काम कारबाही लय नमिलेको गीतजस्तै’-मन्त्री पोखरेल

२७ आश्विन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
9 Shares


काठमाडौं असोज २७ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका कामकारबाहीमा तालमेल नमिल्दा राम्रो गर्दागर्दै पनि आलोचना खेप्नु परेको बताएका छन्।

शनिबार बबरमहलको कार्र्की पार्टी प्यालेसमा आयोजित दशैँको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री पोखरेलले सरकारको कामकारबाही शब्द संगीत मिलेको तर लय नमिलेको गीतजस्तै भएको बताए।

उनले सरकारले राम्रा र जनपक्षीय काम गरिरहेको दावी गरे।

तत्कालै परिणाम खोजेका कारण सरकारको आलोचना भइरहेको भन्दै उनले केही समयमा नै जनताले अनुभूत गर्नेगरी सरकारले काम गर्ने बताए।

पछिल्लो समय सरकारका काम कारबाहीबारे चौतफी प्रश्न उठन् थालेपछि मन्त्री पोखरेलले सरकारको बचाउँ गर्दै सरकारले राम्रा काम गरिरहेको दावी गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया