जागिरमा तनाव भोगिरहनु भएको छ रु यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय

प्रकाशित मिति:

घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् ।

सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै तनाव ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा अनेकौं अड्चन आउने गर्दछन् । यस्ता समस्या निवारणको लागि केही धार्मिक टिप्सहरु रहेका छन्ः १। पूर्णिमाको दिन चन्द्रमाको प्रतिविम्वलाई नदी, तलाउ वा थालमा पानि राखेर हेरेमा जागिरबाट निकालिने भय हटेर जानेछ ।

२। यदि जागिरमा कुनै बाधा वा दबाब छ भने केतु रत्न ९लहसुनिया० धारण गरेमा सबै प्रकारको जागिरको तनावबाट मुक्ति मिल्नेछ ।

३। आइतबारका दिन नुनको सेवन छाडेमा वा गुलियो भोजन मात्र सेवन गरेमा जागिरमा हुने विभिन्न जागिरका शिलशिलामा हुने विभिन्न प्रकारका तनावबाट मुक्त भइने विश्वास गरिन्छ ।

४। यदि अनावश्यक रुपमा कार्यालयमा तनाव आइलागेको छ वा झुटो आरोप लागेको छ भने आइतबार सूर्य देवको पूजा–आरधना गर्नुपर्दछ ।

५। यदि कार्यालयका उच्च अधिकारी आफूसँग रिसाएका छन् वा उनीहरुको दृष्टि तपाई प्रति सकारात्मक छैन भने आइतबार खिर दान गर्नु लाभदायक हुन्छ ।

६। जागिरमा अस्थिरता छ वा उच्च अधिकारीलाई आफ्नो पक्षमा लिनु छ भने दैनिक उदाउदो सूर्यलाई सिन्दूर र सख्खर हालेर पानी अर्पण गर्नुपर्ने हुन्छ ।