प्रदेश नं ५ को राजधानी वारे मितव्ययी उपाय

प्रकाशित मिति:

विष्णु पौडेल । राजधानीको रोजाई वुटवल,कपिलवस्तु र दाङ हुन सक्छ । रोजाई भुगोलको होईन, आफ्नो चल्तिको राजनीतिको लागि होईन, रोजाई सामार्थ्यको हुनु पर्छ । सम्भावनाको हुनु पर्छ । तत्कालीन रुपमा भौतिक पुर्वाधारको पनि हुनु पर्छ । सकेसम्म सवैको अपनत्वको लागि सम्बोधन पनि गर्नु पर्छ । नेपाल सरकारले सम्भावना र सामार्थ्यका आभारमा वुटवललाई अस्थायी राजधानी वनाएको हो । अवको वुटवल भनेको वर्दघाट देखि चन्द्रौटा सम्मको हो ।नवलपरासी ,रुपन्देही र कपिलवस्तुलाई एकिकृत रुपमा परिभाषित गरि वुटवल क्षेत्रलाई प्रदेश नं ५ को राजधानी वनाउने गरि सवै क्षेत्र संग समन्वय र सहकार्य गरि अघि वढ्न माननीय मुख्यमन्त्रीज्यू लाई मितव्ययी उपाय सुझाउन चाहन्छु ।

यसो नगरि, शक्ति प्रयोग गर्ने नाममा कमरेड ओली र कमरेड प्रचण्डको वरिपरि मात्र घुमेको नेकपाको राजनीतिमा प्रदेशका सभासदको स्वतन्त्र रुपमा प्रयोग गर्ने अधिकार र जनताको म्यान्डेटलाई कुन्ठित गरि नेकपा सचिवालयवाट जवरजस्त निर्णय गराएर जनताका प्रतिनिधिलाई निर्धन र निरीह वनाउने गरि ह्विप जारी भयो भने प्रदेश नं ५ मा नेकपाको अस्तित्व वच्ने देखिदैन । सवैलाई चेतना भया ।