रुपन्देहीमा कक्षा ५ र ८ को वार्षिक परिक्षा बुधबार देखि सुरु

२८ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


नरेश चौधरी / सैनामैना – रुपन्देहीमा पालिका स्तरिय कक्षा ५ र ८ को वार्षिक परिक्षा बुधबार देखि सुरु भएको छ ।बिश्वभर कोरोना भाईसरको संक्रमण र सन्त्रास फैलिरहेको अवस्थामा आवश्यक सतर्कता अपनाउनु पर्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पालिका स्तरिय र विद्यालयस्तरीय परीक्षा ९कक्षा १ देखि ९ सम्म चैत ५ गते सम्म सम्पन्न गर्न निर्देशन दिएपछि अहिले रुपन्देही जिल्लामा पनि परिक्षा सुरु भएको हो ।परिक्षा पालिका स्तरिय र विद्यालय स्तरिय गरि दुई चरणमा भैरहेको छ । सियारी गाउँपालिकामा पालिका स्तरिय परिक्षामा कक्षा ५ मा ७ सय ६ जना विद्यार्थीहरु परिक्षामा सहभागी रहेका छन् । जसमा छात्रा ३६९ र छात्र ३३७ जना रहेका छन् । यस्तै कक्षा ८ मा १ हजार ३३ जना विद्यार्थीहरुले परिक्षा दिइरेहेका छन् । छात्रा ५०२ छात्र ५३१ रहेका छन् । जस मध्य बुधबारको परिक्षामा कक्षा ५मा १० र कक्षा ८ को परिक्षामा १५ जना विद्याथीहरु अनुपस्थित रहेका थिए । ८ ओटा केन्द्र निर्धरण गरि परिक्षा संचालन भैरहेको छ ।सियारी गाउँपालिकामा बुधबार पहिलो दिन गणित विषयको परिक्षा भएको छ । यस्तै फागुन २९ गते विज्ञान, ३० गते नेपाली, चैत्र १ गते अंग्रेजी, २ गते सामाजिक,

३ गते एैछिक अंग्रजी, कक्षा ८ को चैत्र ४ गते पेशा व्यवासय र ५ गते कम्प्युटर विषयको परिक्षा संचालन हुने छ ।यस्तै रुपन्देहीको सैनामैना नगरपालिकामा कक्षा ८ मा छात्रा ८८३ र छात्र ८१० जना विद्यार्थीहरु परिक्षामा सहभागी भएकाछन् ।६ जना विद्यार्थीहरु बुधबारको परिक्षामा अनुपस्थित रहेका थिए । ७ ओटा केन्द्र बाट परिक्षा संचालन भैरहेको शिक्षा शाखाले जनाएको छ ।कञ्चन गाउँपालिकामा कक्षा ८ मा १ हजार ७७ जना मध्य १ हजार ७० जनाले परिक्षा दिएका छन् । ७ जना विद्यार्थीहरु अनुपस्थित रहेका थिए । ६ ओटा केन्द्रबाट परिक्षा संचाल भैरहेको कंचन गाउँपालिकाले जनाएको छ ।तिलोत्तमा नगरपालिकामा कक्षा ८को नगर स्तरिय परिक्षामा २ हजार ७ सय ३६ जना विद्यार्थीहरु सहभगी भएका छन् । बुधबार पहिलो दिन नेपाली विषयको परिक्षा भएको छ । नगर भित्र रहेका ५९ सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले परिक्षा दिई रहेका छन् । जसमा सामुदायिक २७ संस्थगत ३२ ओटा विद्यालय रहेका छन् । परिक्षा १२ ओटा केन्द्रबाट संचालन भैरहेको शिक्षा शाखा प्रमुख गंगाराम आर्चायले जनकारी दिनु भयो ।मायादेवि गाउँपालिकामा कक्षा ८मा १ हजार ३८ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् ।

समुदायिक र संस्थागत गरि २३ ओटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी रहेको र ७ ओटा परिक्षा केन्द्रबाट परिक्षा संचालन भैरहेको शिक्षा शाखा प्रमुख नारायण लामिछानेले बताउनु भयो ।यस्तै शुद्धोधन गाउँपालिकामा फागुन २९ गते विहिबार देखि परिक्षा सुरु हुने भएको छ । सामुदायिक र संस्थागत गरि कक्षा ८ का ८५४ जना विद्यार्थीहरु परिक्षामा सहभगी हुने गाउँपालिकाले जनाएको छ ।यस्तै गैडहवा गाउँपालिकामा फागुन २३ गतेबाट परिक्षा सुरु भएको छ । ८९८ जना विद्यार्थीहरु परिक्षामा सहभागी रहेका छन् । ४ ओटा केन्द्रबाट परिक्षा संचालन भैरहेको शिक्षा शाखाले जनाएको छ ।लुम्विनी सँस्कृतिक नगरपालिकामा कक्षा ८ को नगरस्तरिय परिक्षा २३ गते देखि सुरु भएको छ । जसमा सामुदायिक संस्थागत र परम्परागत मदरसा विद्यालयगरि १ हजार ७ जना विद्यार्थीहरु परिक्षामा सहभागि रहेका छन् । परिक्षा ५ ओटा परिक्षा केन्द्रबाट संचालन भैरहेको शिक्षा शाखाले जनाएको छ ।दुई चरणमा कक्षा १ देखि ९ को वार्षिक परिक्षा संचलान भैरहेको छ । जसमा ५ र ८ को पालिका स्तरिय र बाँकी विद्यालय स्तरिय परिक्षा संचालन भैरहेका हुन् । केहि पालिकामा यस वर्ष कक्षा ५को सामुदायिक र संस्थातको पाठ्क्रम फरक रहेकोले कक्षा ५को विद्यालय स्तरिय र कक्षा ८ को मात्र परिक्षा पालिका स्तरिय संचालन भएकाछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया