चर्चित फिल्म निर्माता हार्भीलाई बलात्कार मुद्दामा २३ बर्षको सजाय

प्रकाशित मिति:

काठमाडौं – बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई एक अमेरिकी अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ।

हलिवुडका अत्यन्तै चर्चित वाइन्स्टिनलाई न्यू योर्कको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो ।६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए। अदालतको फैसलालाई ‘मीटू’ का अभियान्ताहरुले स्वागत गरेका छन्।