राप्तीमा पोलियो, दादुरा तथा रुबेला खोप अभियान सुरु , ५ हजार बढि बालबालिका लाई खोप लगाईने

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली – राप्ती गाउँपालिका तथा नेपाल अधिराज्य भरि सन् २०२३ सम्ममा पोलियो, दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ विहिवार देखी राप्ती गाउँपालिका क्षेत्रका बालबालिका लाई पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान सुरु गरिएको छ ।राप्ती गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा राप्ती क्षेत्रका २४ खोप केन्द्रबाट खोप सेवा दिएर खोप लगाउन सुरु गरिएको खोप अभियानको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रबक्ता विद्याशरण चौधरीले कुनैपनि ५ वर्ष मुनिका बालबालिका खोपबाट बन्चित नहुने गरि सबै जनाले सबैलाई सुचित गर्न अनुरोध गर्नुभएको छ ।प्रबक्ता विद्याशरण चौधरीले वडा नं ३ र ७ का खोप केन्द्रबाट खोप अभियानको सुभारम्भ गर्दै ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई दादुरा तथा रुबेला खोप र जन्मे देखीका ५ वर्ष सम्मको सबै लाई पोलियो थोपा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।राप्ती गाउँपालिका क्षेत्रका करिव ५ हजार १ सय बढि ५ वर्ष सम्मका बालबालिकाहरुलाई स्यंसेविका तथा स्वास्थ्य कर्मीद्धारा प्रत्यक्ष रुपमा निगरानिमा राखी पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान अघि बढाईरहेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भएको छ ।

संयोजक नारायण राउतले स्वास्थ्य शाखाले दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढिकरण सम्बन्धी खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरेको र स्थानिय रेडियो राप्ती, राप्ती टेलिभिजन, गाउँ अगुवा, टोल सुधार समिति, अघरीया मार्फत घरघरमा खोप अभियानको वारेमा जानकारी, पर्चा, निमन्त्रणा तथा सुचना पुराईएको बताउनु भएको छ । फागुन २९ गते सुरु भई चैत्र ७ गते सम्म खोप कार्यक्रम सञ्चालन हुने जानकारि दिदै स्वास्थ्य संयोजक नारायण राउतले बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउनुपर्ने, दादुरा रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्ने र संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने यी रोगहरु सामान्यतया वालवालिकालाई लाग्ने हुदा ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई खोप लगाउनुपर्ने आवस्यक रहेको बताउनु भएको छ । राप्ती गाउँपालिकाको पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान कार्यक्रम वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा बसन्तापुर बाट सुरु गरिएको छ ।