जि पी कोइराला फाउण्डेशन अमेरिकाले वार्षिकोत्सवका अवसरमा १० विशिष्ठ महिलाहरुलाई सम्मान गर्ने

प्रकाशित मिति:

अमेरीका । जि पी कोइराला फाउण्डेशन अमेरिकाले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा १० विशिष्ठ महिलाहरुलाई कदरपत्रद्वारा सम्मान गर्ने कार्यक्रम राखेको छ ।

यहि आउँदो मार्च १५ को बेलुका ६ बजे, जिवीस सेन्टर हल ज्याकसन हाईट्समा आयोजना हुन लागेको उक्त कार्यक्रममा महिलाहरुले समाजमा विशेष योगदान पुराए बापत प्रदान गर्न लागिएको जि पी कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले जानकारी दिए ।
कार्यक्रमा सयुक्त राष्ट्रिय सघंका विशेष व्यक्तित्वहरु, न्युयोर्कका निर्वाचित अधिकारीहरु, महिलाअधिकारकर्मीहरु एवम् विभिन्न समुदायका महिलानेत्रीहरुको उपस्थिति रहने बताइएको छ।

कदरपत्र छनौटका लागि आ–आफ्नो छोटो बायोडाटा फाउण्डेसनको इमेल [email protected] मा पठाउन अनुरोध गरिएको छ ।

दुई सेसनमा गरिने कार्यक्रमको पहिलो सेसनमा सन २०२० वाट महिला९पुरुषस्समान अधिकार, हाम्रो अभियान र समान अधिकारका लागि समाधानहरू विषयमा बिचार बिमर्श हुने र दोस्रो चरणमा मनोरञ्जन तथा सम्मान कार्यक्रम हुने बताइएको छ ।

छलफल कार्यक्रममा सहभागीहरुलाई २– ३ मिनेट बोल्ने समेत दिइने जानकारी दिँदै अध्यक्ष घिमिरेले आफ्ना विचार राख्दा विषयवस्तुमा आधारित रहेर, हिजोका इतिहास दोहराउनु भन्दा अब भोलि के गर्न सकिन्छ भन्नेमा फोकस गरेर बोल्नलाई अनुरोध गरेका छन् ।