अमेरिकी नागरिकको रोल्पा प्रेमः छात्रवृत्तिबाट सम्झिन्छिन रोल्पा

प्रकाशित मिति:

 रोल्पा । विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखी रोल्पाका गरिव जेहेन्दार विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति वितरण गर्दै आएकी छिन ।

टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठान काठमाण्डौ मार्फत २०६५ सालदेखी हरेक वर्ष नियमित रुपमा उपलव्ध गराएको छात्रवृत्तिले रोल्पाका हजारौ विद्यार्थी लाभान्वित भएको वताइएको छ । टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानको तर्फवाट प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी आफै उपस्थित भएर यस वर्षको गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गरे । जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका १०५ जना विद्यार्थीलाई उक्त छात्रवृत्ती रकम वितरण गरिएको थियो । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीका लागि २ हजार ४ सय, निमावि तहका लागि ३ हजार ६ सय, मावि तहका लागि ४ हजार ८ सय , दश जोड दुईका लागि ६ हजार र प्राविधिक शिक्षा तर्फ २० हजार प्रति विद्यार्थीका दरले छात्रवृत्ती विवतरण गरेको विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाठामगरले जानकारी दिए ।

छात्रृत्ति छनौटका लागि गठित समितिको सिफारिसमा छात्रवृत्ति वितरण गर्दै आएका छौ अध्यक्ष वाँठामगरले भने । छात्रवृत्ति स्वरुप हरेक वर्ष ५ लाख वढि वितरण गर्दै आएका छौ वाँठाले भने । २०६५ साल यता झण्डै १ हजार विद्यार्थीका लागि ४५ लाख वढि छात्रवृत्ति वितरण भईसकेको छ अध्यक्ष वाँठाले भने ।

छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले अझै पनि गरिव विपन्न परिवारलाई शिक्षा आर्जनमा आर्थिक समस्या हुदै आएकाले छात्रवृत्तिले केही सहयोग पुग्ने आशा व्यक्त गरे । अमेरिकी नागरिक डा अगस्ता मोनलारले रोल्पाली विद्यार्थी प्रति देखाएको सहयोग र सद्भावले जिल्लाको शैक्षिक विकासमा ईटा थप्न सहयोग गरेको छ मन्त्री चौधरीले भने । टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानले रोल्पालाई छनौट गरि छात्रवृत्ति उपलव्ध गराउनु सकारात्मक रहेको वताउदै छात्रवृत्ति संख्या र वजेट समेत थपका लागि आफुले पहल गर्ने मन्त्री चौधरीको भनाई छ ।

सोही छात्रवृत्तिवाट अध्ययन गरेका मध्य १ दर्जन पूर्व विद्यार्थी हाल नेपाल सरकारको वन, स्वास्थ्य, शिक्षा तथा अन्य सेवामा प्रवेश गरि स्थायी कर्मचारीको रुपमा कार्यरत रहेको सो अवसरमा जानकारी गराइएको थियो । पछिल्लो पटक जिल्लामा प्राविधिक शिक्षा अध्ययनमा आकर्षण देखिन थालेको औल्याउदै त्यसका लागि छात्रवृत्ती रकम थप गरे गरिव विपन्न विद्यार्थीलाई राहात पुग्ने अभिभावकहरुले अपेक्षा गरेका छन ।

स्थानीय साझेदारको रुपमा जिल्लामा कृयाशील गैर सरकारी संस्था डिकोस रोल्पाले समन्वय गरिरहेको वताइएको छ । विद्यालय स्तरवाट छात्रवृत्तीको माग तथा त्यसको छनौट र टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठान संगको समन्वय तथा नियमित रिपोर्टिङको काम गरिरहेका छौ डिकोस रोल्पाका उपाध्यक्ष श्रवण नेपालीले भने । वास्तविक गरिव जेहेन्दार सम्म श्रोत पुगोस भन्ने कुरामा हामी गम्भिर छौ उपाध्यक्ष नेपालीले भने । छात्रवृत्ति सदुपयोग भए नभएको विषयमा नियमित अनुगमनको काम समेत हुने गरेको छ उपाध्यक्ष नेपालीले भने ।