बलात्कार मुद्दामा अखिलका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ दोषी ठहर

प्रकाशित मिति:

काठमाडौं । अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। उनलाई साढे ८ वर्ष कैद र डेढ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको पनि अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। यस मुद्दाको पूर्णपाठ भने केही दिनपछि आउने उनले जानकारी दिए । तिहारको समयमा देउसी खेल्न बोलाएर बलात्कार गरेको भन्दै १८ वर्षीया युवतीले उजुरी दिएकी थिइन्। उनले ससुरा नाता पर्नेको घरमा लगेर बलात्कार गरेको युवतीले जोहरी दिएकी थिइन्। युवतीको उजुरीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले दक्षिणढोका माकलबारीबाट उनलाई पक्राउ गरेको थियो।