आगामी चैत्र मसान्तरमा भीरकोट वालमैंत्री नगर घोषणा हुने

३० फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
69 Shares


चुत्र महत / भीरकोट – वालवालीकामा गरेको लगानी , ल्याउछ सुनौलो विहानी भन्ने नारा सहित आगामी चैत्र मसान्तर भित्र भीरकोट नगरपालिकालाई वालमैंत्री नगर घोषणा गरीने भएको छ । वालमैंत्री नगर घोषणा गर्नको लागी ३९ वटा सुचकहरु पुरा गर्नु पर्ने भएकाले नगर पालिकाले ति सवै सुचकहरु पुरा गरीसके पछि नगरलाई वालमैंत्री नगर घोषणा गर्न लागीएको हो । सिएफएल्जी को सूचनाको अन्तिम अवस्था मापन स्थिति पत्र तयारी तथा घोषणा पश्चात दिगोजनाको लागी नगरस्तरीय रणनिति योजना निर्माण कार्यशालामा वोल्दै वालमैंत्री नगरका संयोजक तथा नगर प्रमुख छायाराम खनालले वालवालीकामा जति नगरपालिकाले खर्च गरेको छ त्यो खर्च नभई लगानी गरेको वताउनु भयो ।
वालमैंत्री कार्यक्रमले वालवालीकालाई मात्र हैन समाजमा हुने अनैतिक अव्यवहारीक र विकृतीलाई समेत मेटाएको छ आफ्नो घर गाँउमा भएका कानुन विपरीत हुने घटनाहरुको वारेमा नगरपालिका र  प्रशासनमा जानकारी गराउने गरेको भन्दै समाजमा नसोचेको परिवर्तन आएको नगर प्रमुख खनालले वताए ।

वालमैंत्री कार्यक्रम छडिक नभई सधैभरी अवलम्वन गर्ने कार्यक्रम भएको वताउदै यस प्रती सवै जिम्वेवार हुनुपर्नेमा खनालले जोडदिनुभयो ।चैत्र मसान्तर भित्र नगरलाई वालमैंत्री नगर घोषणा गरीसकेपछी असार मसान्तर सम्ममा भीरकोट नगरलाई पूर्ण सरसफाई युक्त्त नगर घोषणा गर्ने समेत कार्यक्रममा प्रमुख खनालले वताए ।साथै यस वालमैंत्री नगर घोषणा गर्ने कार्यको अन्तिम चरणमा पुर्याउन सफल पार्नुहुने सवै महानुभावहरुलाई नगर प्रमुख छायाराम खनालले धन्यवाद समेत व्यक्क्त गर्नुभएको थिए ।उक्त कार्यक्रममा नौ वटै वडाका वडा अध्यक्षले आ आफना वडाको दिगोपनाको लागी पञ्च वर्षिय रणनीतीक योजना निर्माण गरी प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्व प्रकाश अर्याल,९ ओटै वडाका वडा अध्यक्ष,वोर्ड सदस्य, नगरपालिकाका शिक्षा र स्वास्थ्य शाखाका कर्मचारीहरु, वडाका वडा सचिवहरु,सम्वन्धीत विद्यालयका सम्पर्क शिक्षकहरु, ९ वटै वडा र नगरका वालमैंत्री सहजकर्ताहरु,टोल विकास समितिका समंयोजकहरु लगायतको उपस्थीती रहेको थियो भने नगर उप प्रमुख सिमा केसी कर्माचार्य, स्वास्थ्य चौकीको तर्फवाट कुमार राना ,वडा सचिवहरुको तर्फवाट भेष वहादुर राना ,स्वास्थ्य शाखा प्रमुख नारायण वन्दु अर्याल र वडा अध्यक्षहरुको तर्फवाट वडा न २ का अध्यक्ष कमल त्रिपाठीले वालमैंत्रीको वारेमा समिक्षा सहित आफ्ना भनाइ राखेका थिए । सिएफएल्जी को सूचनाको अन्तिम अवस्था मापन स्थिति पत्र तयारी तथा घोषणा पश्चात दिगोजनाको लागी नगरस्तरीय रणनिति योजना निर्माण कार्यशाला कार्यक्रम नगर प्रमुख छायाराम खनालको अध्यक्षता, स्वागत प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आर्चायले र संचालन वालमैत्री नगर सहजकर्ता खुमकान्त खनालले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण वालमैंत्री केन्द्रीय सहजकर्ता विष्णु चौवेले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया