पार्टीभित्र विचारको लडाइ छैन, भागबन्डाको लडाइ छ : डा कोईराला

प्रकाशित मिति:

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसभित्र विचार नभई भागबन्डाको लडाइ रहेको बताएका छन्। नेपाली कांग्रेस गोरखाले शुक्रबार पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, “पार्टीभित्र विचारको लडाइ छैन, भागबन्डाको लडाइ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ। विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको भनाइ थियो। कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचनासमेत गरे।

आफ्नो कार्यकाल सकिँनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उनले बताए। “१४औँ महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केही काम गर्ने समय नै बाँकी रहँदैन”, उनले भने,“समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टी हित हुन्थ्यो। कोइरालाले पार्टी सभापतिले महाधिवेशन सकिएको दुई महिनाभित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैलीले कहिल्यै पार्टी बन्न नसक्ने बताए।