पश्चिम नवलपरासीको सुस्ताबासीहरुले अब शुद्ध खानेपानी पिउन पाउने

प्रकाशित मिति:

नबलपरासी । शुद्ध खानेपानीको अभावमा दिनचर्या बिताउदै आएका सुस्ता गाउपालिका वडा नम्बर ५ सुस्ता टोलका बासीहरुले अब शुद्ध खानेपानी पाउने भएका छन । सुस्ता खानेपानी आयोजनाको नामबाट शुद्धखाने पानी मिलाउन प्रदेश नम्बर ५ सरकारको आर्थिक लगानीमा खानेपानी आयोजनाको प्रारम्भिक चरणको कार्य पनि थालनी हुन थालेको छ । प्रदेश नम्बर ५ का सासंद अजय शाहीले विकट स्थानको रुपमा रहेको सुस्ता टोलमा शुक्रबार एक समारोहका बीच खानेपानी आयोजनाको भवन शिलान्यास कार्य सम्पन्न भएको हो । सो अवसरमा भवनको शिलान्यास गर्दै सासंद शाहीले विकासको पुर्वाधरबाट बञ्चित सुस्ता भुमीमा प्रदेश सरकारको ध्यानाकर्षण पछि आउने ठुलो धनराशिबाट सुस्तामा खानेपानी, सडक, सौर्य उर्जा लगाएत विकास बजेट पछी अब सुस्ता पहिचान सहितको सुस्ता बन्दै जाने कुरा बताउनुभयो । शाहीले आपसी विवादबाट मुक्त भए सबैको विकास हुने कार्यमा सुस्ताबासीहरु ढुक्क रहन पनि सबैमा आग्रह गर्नुभयो ।

सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल प्रसाद गुरुंगको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य आदम हुसेन खान, महिला नेतृ नुरजाह बेगम लैला, रेडियो दाउन्ने श्रोता क्लबका सुस्ता अध्यक्ष रविन्द्र जयशवाल, स्थानिय सुरक्षा निकाय र ठुलो संख्यामा सुस्ताबासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक कुलदेव श्रेष्ठले अहिले ३ करोडको लागतमा निर्माण हुने आयोजना २ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । सुस्ता खानेपानी आयोजनाको लागी सुस्ता निवासी विजय शाह र छोटे खानले जग्गादान दिनुभएको जानकारी गराइएको छ । लामो समय देखी खानेपानी भवन निर्माणको कार्यमा ढिलाई हुन थालेपछी सासंद शाहीको पहलमा सहमति कार्य भई भवन शिलान्यास कार्य सम्पन्न भएको पनि स्थानिय जय प्रकाश जयसवालले जानकारी दिनुभएको छ ।