अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

प्रकाशित मिति:

काठमाडौं। अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन् ।

शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले तीब्र गतिमा फैलिएको यो भाइरसको नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् ।

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ ।उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् । जसअनुसार, गुगलमार्फत नै लक्षणहरु बारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्यावको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिई परीक्षण गरिने छ ।  उनले पत्रकार सम्मेलनमा अमेरिकाका ठूला स्वास्थ्य सेवा प्रदायकका प्रमुखहरुलाई पनि प्रतिबद्धता जनाउन प्रस्तुत गरेका थिए।