कार्यसमिति यथावत राख्न देउवालाई महामन्त्रीको आग्रह

प्रकाशित मिति:

काठमाडौं। अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन् ।शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले तीब्र गतिमा फैलिएको यो भाइरसको नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् ।

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ ।उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् । जसअनुसार, गुगलमार्फत नै लक्षणहरु बारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्यावको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिई परीक्षण गरिने छ । उनले पत्रकार सम्मेलनमा अमेरिकाका ठूला स्वास्थ्य सेवा प्रदायकका प्रमुखहरुलाई पनि प्रतिबद्धता जनाउन प्रस्तुत गरेका थिए।