कञ्चनमा रक्तदान कार्यक्रम,४१ जनाद्धारा रक्तदान

प्रकाशित मिति:

फागुन,रुपन्देही – कञ्चनमा ४१ जना रक्तदाताहरुले रक्तदान गरेका छन। कञ्चन जेसिजले आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदाताहरुले रक्तदान गरेका हुन। खुल्ला रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं।१ का वडा अध्यक्ष हरि नारायण थारुले समय समयमा रक्तदान गर्नु मृत्युको दोसांधमा पुगेका ब्यक्तिहरुका लागि जिबनदान हो।रक्तदानले कसैलाई जिबनदान हुन्छ भने रक्तदान गर्ने ब्यक्तिको रगत हरेक ३र३ महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नया रगत पलाउने भएकोले खेर जाने रगतलाई रगतको अभावमा मृत्युबरणमा रहेका ब्यक्तिहरुलाई उपलब्ध गराउनु निकै ठुलो पुण्य काम समेत हुने वडा अध्यक्ष हरिनारायण थारुले बताउनु भएको थियो।

यस्तै कञ्चन जेसिज बर्ष २०१९ का अध्यक्ष चुडामणी पौडेलले कञ्चन जेसिजले युवाहरुलाई समाज सेवा र उधमीशिल बन्नमा प्रोत्साहित गर्नमा बढी केन्द्रित रहने बिशुद्ध गैर नाफामुलक सामाजिक संस्था भएको बताउनु भएको छ।जेसिजमा आवद्ध हरेक युवाहरुमा अनुसाशित र सबल नेतृत्वको बिकास हुने बताउदै आफुलाई सक्षम र उधमशिल युवा बन्नको लागि जेसिजमा आवद्ध हुनु आवस्यक रहेको बताउनु भएको छ। रक्तताताहरुलाई स्वागत गर्दै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले हरेका युवाहरुलाई समाजको नेतृत्व गर्न र समाजलाई नजिकबाट चिन्नको लागि जेसिजको माध्यमबाट सामाजिक गतिबिधीहरुमा संलग्न हुनमा अभिप्रेरित गराउन कञ्चन जेसिजले समाजसंग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न सामाजिक कार्यहरु गर्दै जाने बताउनु भएको छ।रक्तदान मानव सेवा हो ।मानव सेवा जस्तो कार्यमा युवाहरुको सहभागिता बढ्नु आवस्यक रहेको बताउनु भएको छ।कञ्चन जेसिजले १८ देखि ४० बर्ष उमेर समूहका युवाहरुलाई आफ्नो उर्जावान क्षमता स्वयमसेवी भावना सहितको उधमशिलताको बिकास गर्नमा सधै उधत रहने सामाजिक संस्था भएको बताउनु भएको छ।

कञ्चन जेसिज बर्ष २०२०का कानुनी सल्लाहकार राधिका चौधरीले रक्तदान गरी शुरुवात भएको खुल्ला रक्तदान कार्यक्रममा जेसिजका सचिव प्रिया तरामुले आस्था पाठ गर्नु भएको थियो ।सैनामैना जेसिज बर्ष २०२० का अध्यक्ष सिता के।सी। लगायतले बोल्नु भएको कार्यक्रमको संचालन महासचिव चित्र तुलाचनले गर्नु भएको थियो भने रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई कार्यकारी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहराज पौेडेल धन्यबाद ब्यक्त गर्नु भएको थियो । रक्त संचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा सम्पन्न भएको कार्यक्रम कञ्चन १ लौसा स्थित मुनलाईट युवा क्लवको कार्यलय परिसरमा थियो ।