यी ७ सामग्री मागेर प्रयोग नगर्नुहोस्

प्रकाशित मिति:

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् । किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ । कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने बानिले र्दुभाग्य समेत निम्त्याउँछ । वास्तु तथा धार्मिक मान्यता अनुसार अरुको सामाग्री प्रयोग गर्दा नकारात्मक ऊर्जा उत्पन्न भई हानि पुर्याउने गर्दछ ।

तसर्थ केहि यस्ता वस्तुहरु हुन्छन्, जसको प्रयोग मागेर गर्नबाट बच्नुपर्दछ । के के हुन् ति सामाग्री

१। घडी
कहिल्यै पनि अरुको नाडिमा बाधिएको घडि खोलेर आफुले लगाउनु हुदैन । मान्यता अनुसार घडीको सम्बन्ध व्यक्तिको जीवन र उसको समयसंग जोडिएको हुन्छ ।

यस्तोमा अरुको घडि मागेर लगाउँदा घडि धनिको खराब समय तपाईसंग जोडिने मान्यता रहेको छ ।

२। चप्पल
विवाह, पुजाआजा वा धेरै मानिस जमघट हुने कार्यक्रममा जुत्ता लगाएर आउने मानिसले अरुको चप्पल लगाउने गर्दछन् ।

आसपासको कामका लागी भन्दै अरुको चप्पल लगाउने मानिसको यो बानिले दरिद्रता निम्त्याउने गर्दछ ।

अझ शनिको स्थान पैतालामा हुने भएकाले जसको चप्पल लगाइन्छ उसको संघर्ष र दुखः आफु माथि आउने मान्यता छ ।

३। कलम डटपेन
अक्सर कार्यालय तथा स्कुल कलेजमा अरुसंग कलम डटपेन मागेर काम चलाइन्छ । तर यस्तो बानीले आर्थिक र करियरको क्षेत्रमा हानि बेहोर्ने बनाउन सक्छ । तसर्थ सकेसम्म कसैसंग कलम सापटि नलिनुहोस्, लिए पनि त्यो फिर्ता दिनुहोस् ।

४। औठी
अरुसंग मागेर लाउन नहुने अर्को सामाग्री हो, औठी । रत्नवाला औठी मात्र होइन कुनै पनि धातुको औठी समेत अरुको लगाउनु हुदैन । औठी लगाउने औलामा मानिसको जीवन र स्वास्थ्य जोडिएको हुन्छ । यस्तोमा अरुको औठि लगाउँदा सर्तक रहनुहोला ।

५। काइँयो
स्वास्थ्य मात्र नभई भाग्यका दृष्टिमा पनि अरुको काइँयो प्रयोग गर्नु हानिकारक मानिन्छ । यसरी अरुको काइँयो प्रयोग गर्दा टाउकोसंग सम्बन्धित बाधाहरु उत्पन्न हुनसक्छ । यसका अलावा भाग्यमा विपरीत असर समेत पर्न सक्छ ।

६। ओच्छ्यान
धेरैलाई थाहा नहुन सक्छ अरुको ओच्छ्यानमा सुत्दा समेत नकारात्मक असर पर्दछ । वास्तुदोष अनुसार अरुको ओच्छ्यानमा सुत्दा आर्थिक अभाव तथा नकारात्मक भाव पैदा हुन्छ । तसर्थ सकेसम्म अरुको ओच्छ्यानमा नसुत्नु नै राम्रो मानिन्छ ।

७। कपडा
अरु कसैको कपडा पहिरीनु समेत दुर्भाग्यको कारक मानिन्छ । मागेर कपडा लगाउँदा यसले स्वास्थ्यमा समेत हानी पार्ने गर्दछ । मान्यता अनुसार अरुको कपडा लगाउँदा त्वचाको संक्रमण हुनुका साथै नकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले यसले अभाव निम्त्याउँछ ।