भीरकोटका किसानलाई प्रविधी हस्तान्तरण

प्रकाशित मिति:

चुत्र महत / भीरकोट – भीरकोटका किसानलाई पचास प्रतिशत अनुदानमा प्रविधी (हातेट्याक्टर) हस्तान्तरण गरीएको छ । हातेट्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख छायाराम खनालले कृर्षीमा काम गर्ने जनशक्ती अभाव हुदै गएको वेला हातेट्याक्टर किसानको लागी वहुउपयोगी हुने भन्दै उच्चतम प्रयोग गरी फाईदा लिनु पर्ने वताउनु भयो । सजिलै संग चलाउन मिल्ने जहाँ भन्यो त्यहाँ लान मिल्ने खालको भएकाले सहि सदुपयोग गरी व्यवसायिक खेती गरी आफ्नो अर्थिक अवस्था मजवुद पार्दै भीरकोट लाई कृर्षीमा आत्मनिर्भर वनाउने तर्फ लाग्न किसान हरुलाई आग्रह गर्नु भयो । जम्मा रु ५२०००। पर्ने हातेट्याक्टरलाई नगरपालिकाको ५० प्रतिशत अनुदान र कृर्षकले ५० प्रतिशत हिस्सा वेर्होर्ने गरी ३२ जना कृर्षकलाई हातेट्याक्टर हस्तान्तरण गरीएको हो । हातेट्याक्टर हस्तान्तरण कार्यक्रममा वोल्दै नगर उप-प्रमुख सिमा के.सी.

कर्माचार्यले भीरकोटका गाँऊका सवै वारी लगायत खेत वाझो रहेको अवस्थामा कृर्षकलाई हातेट्याक्टर हस्तान्तरण गर्नु र ५० प्रतिशत अनुदानमा प्राप्त गर्नु भनेको कृर्षकलाई वरदान सरह भएको भन्दै नगरपालिकाले प्रत्यक वाडका १ जनाको दरले ९ जनालाई हातेट्याक्टर मर्मत गर्ने तालिम प्रदान गर्ने सोच वनाएको समेत वताउनु भयो । हातेट्याक्टर हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आर्चाय, वडा न ६ का अध्यक्ष लक्ष्मण खत्री,७ का अध्यक्ष शेषकान्त अर्याल लगाएतले किसान, कृर्षक र कृर्षी लाई हातेट्याक्टर अपरिर्हाय हुने भन्दै सहिसदुपयोग गर्न आग्रह गर्नु भयो । भीरकोटका कृर्षी समंयोजक एंव नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्र्नु भएको थियो भने भानु मेसिनरी पोखराका टेक्नीसियन कुमार सुवेदी ले हातेटयाक्टर सम्वन्धी प्रविधिहरुको वारेमा जनाकारी गराउदै चालाउने प्रक्रिया समेत वताएका थिए ।