औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आईतवार समापन

प्रकाशित मिति:

बुुटवल । बुटवलमा असोज १९ गतेदेखी शुरु भएको तेश्रो राष्ट्यि औद्योगिक
प्रर्दशनी तथा व्यापार मेला आईतवार समापन भएको छ ।
प्रर्दशनीमा लक्ष्य अनुसार दर्शकलाई अवलोकन गराउनुको साथै र कारोवार भएको
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण
पाठकले जानकारी दिए । प्रर्दशनीमा ३ लाख दर्शकलाई मेला अवलोकन गराउने तथा
२० करोडको कारोवार गर्ने आयोजकले लक्ष्य लिएका थिए ।
समापन समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले प्रर्दशनीले
राष्ट्यि अर्थतन्त्रमा ठूलो सहयोग पुराएको बताउ । उनले आयात निर्यातको
सन्तुलन मिलाउन नसक्दा व्यापार घाटा भएको बताउदै त्यसतर्फ ध्यान दिन उद्योगी
व्यवसायीहरुलाई आग्रह गरे । उनले मुलुकको अर्थतन्त्र बलियो वनाउन स्वदेशी
उद्योगलाई प्रोत्साहन दिनु पर्ने बताउने मेला प्रर्दशनीबाट उनिहरुको प्रात्साहन
भएको मेयर सुवेदीले बताए ।
समापन कार्यक्रममा नेपाल राष्ट्यि उद्योग व्यापार संगठनका केन्द्रिय सचिवालय
सदस्य मनिष कुमार जोशीले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न सरकारले विषेश
ध्यान दिनु पर्ने बताए । कार्यक्रममा प्रदशनीका संरक्षक तथा केन्द्रिय सदस्य खिम
नारायण पराजुली, संरक्षक तथा केन्द्रिय सदस्य खेम श्रीस, नेपाली कांग्रेसका नगर
सभापति खेलराम पाण्डे, एमालेका ऋषीराम पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका
थिए ।
जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेको
उक्त प्रर्दशनीमा उत्कृष्ट स्टल धनीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रदशनीका ४ सय १५ स्टल सहभागी मध्ये ३ वटा स्टललाई उतकृष्ट स्टलको रुपमा
सम्मान गरिएको थियो ।
। प्युठान नौ वहिनी बहाने स्थित कोठी हिमाल अल्लो कपडा उद्योगको संचालक
चित्रकला वुढामगर उत्कृट भएकी छन । त्यसैगरी गुप्ता नर्सरी रुपन्देही पनि उत्कृष्ट
भएको छ । डान्स आईडलमा संजय विश्वकर्मा प्रथम भएका छन । उनले ५५ हजार नगर
पुरस्कार हात पारेका छन ।
संघका अध्यक्ष प्रविण पाठकको अध्यक्षता महासचिव केशव श्रीसको संचालनमा भएको
कार्यक्रममा संका उपाध्यक्ष एवं सांस्कृतीक संयोजक सिताराम रसाईले धन्यवाद
ज्ञापन गरेका थिए ।