१०३ वर्षीय वृद्धले गरे २७ वर्षीया युवतीसँग विवाह

३ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
39 Shares


जकार्ता-इन्डोनेसियामा बस्दै आएका १ सय ३ वर्षीय पुआङ कट्टेले करिब ७६ वर्ष कान्छी अर्थात् २७ वर्षीया महिलासँग विवाह गरेर विश्वभरिमा चर्चाको विषय भएका छन् । सोसल मिडियामा उनको तस्बिर व्यापक भाइरल भइरहेको छ ।मिडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइँमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । तर, दुलाहाको उमेर १ सय वर्ष नाघिसकेको भन्ने उनलाई थाहा थियो।विवाहपछि जब दुलाहा–दुलहीको उमेरको बारेमा खुलासा भयो, तब सबै अचम्मित भए । दुलाहा बनेको पुआङले केटी पक्षलाई दाइजो समेत दिएका थिए । उनले ४० हजार रुपैयाँ र एउटा सुनको औंठी दिएर महिलासँग विवाह गरेका थिए ।

लिन्टास आई न्युजका अनुसार वृद्ध पुआङको महिलासँग महिलाले आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेपछि भेट भएको थियो । उक्त समयमा केटाले महिलालाई धोका दिएको थियो ।यसपछि दुवैबीच सामीप्यता बढ्यो र शारीरिक सम्बन्ध पनि भयो । महिलाले आफु गर्भवती भएको पाइन् । यसपछि उनले विवाह गर्ने पैmसला गरिन् ।यो घटना हेरेर तपाईंको मनमा जिजुबाउको उमेरको मानिस पनि पिता बन्न सक्छ भन्ने जिज्ञासा आयो भने यसको उत्तर हो भन्ने आउँछ । १ सय ३ वर्षीय पुआङ हाल नजन्मिएको बच्चाको पिता भएका छन् ।स्थानीय मिडियाका अनुसार पुआङको नयाँ पत्नीको यो दोस्रो विवाह हो । उनले आफ्नो पतिसँग सम्बन्ध–विच्छेद पनि गरिसकेकी थिइन् । किनकि उनको पहिलो पतिले उनलाई अपमान गर्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि