कोरोनाको असर कुखुराको मासुमा भारी गिरावट, किलोको १० रुपैयाँ

३ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
2K Shares


एजेन्सी  – कोरोना भाइरसको प्रभाव संसारभरको हरेक उद्योग र व्यापार व्यवसायमा परेको छ । यसकै एक प्रभाव भारतको कुखुरापालक किसानलाई परेको छ । भारतमा १ सय भन्दा धेरै मानिसको कोरोना भाइरसको संक्रमण देखिएपछि कुखुराको मासु र अण्डाकोे मूल्यमा भारी गिरावट आएको छ ।मांसाहारी मानिसहरुमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिन्छ भन्ने हल्ला फैलिएपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रहेको महाराष्ट्र राज्यमा मानिसहरुले कुखुराको मासु खानै बन्द गरेका छन् । त्यहाँका व्यवसायीहरु प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म मासु बेच्न बाध्य भएका छन् ।महाराष्ट्रका पोल्ट्रि व्यवसायीहरु आफूहरुको नोक्सानको भरपाईको माग गर्दै सडकमा उत्रिएका छन् । त्यहाँको प्रमुख जिल्ला अधिकारीको कार्यालय बाहिर कुखुरा छोडेर आन्दोलन शुरु गरिएको छ । प्रहरीले सबै आन्दोलनकारीहरुलाई पक्राउ

गरेको छ । महाराष्ट्रमा मात्र होइन भारतका अन्य राज्यहरुमा पनि कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको छ ।भारतको कोल्हापुरमा १ सय रुपैयाँमा ४ वटा कुखुरा बेचिएको व्यवसायीलाई उद्धृत गर्दै आजतकले समाचार छापेको छ । यस्तै पञ्जाबमा यसअघि ६५ रुपैयाँ किलोमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य अहिले भने १५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । त्यहाँको पोल्ट्रि व्यवसायीहरु आफूहरुलाई १ किलोमा ५० रुपैयाँ घाटा लागेको बताउँदै सरकारसँग क्षतिपूर्तिको माग गरिरहेका छन् ।कुखुराको मासु खाएमा कोरोना भाइरस फैलिन्छ भन्ने हल्लाका कारण मानिसहरुले कुखुराको मासु नखाएको पाइएको छ । यद्यपि अध्ययनहरुले भने कुखुराको मासुका कारण कोरोनाभाइरस नफैलिने सचेत गराएका छन् । मासुलाई राम्रोसँग पकाएर खाएमा कोरोनाभाइरस नदेखिने अध्ययन संलग्नहरुको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना