नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा ९ बजेदेखि ४ बजेसम्म पढाइ हुने

३ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
57 Shares


काठमाडौं – सरकारले अबदेखि विद्यालयमा बिहान ९ बजेदेखि ४ बजेसम्म पढाई हुने जनाएको।सरकारी कार्यालय र विद्यालय एकै समयमा संचालन हुँदा ट्राफिक समस्या बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।सार्वजनिक,

सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने भएपछी प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालय र सरोकारवालासँग छलफल गरि यस्तो ब्यबस्था गरेको हो।छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया