अस्पतालको लापरवाहीका कारण महिलाको मृत्यु ,परिवार शोकमा

प्रकाशित मिति:

नवलपरासी / रामु भुसाल  – पश्चिम नवलपरासीको बर्दघाटकै पहिलो सञ्चार माध्यमको रुपमा रहेको सामुदायिक रेडियो दाउन्नेका सेयर सदस्य दिल बहादुर पुन दिनेशकी श्रीमतिको अस्पतालको लापरवाहीका कारणले निधन हुदा उहाँको परिवार शोकमा डुबेको छ । बर्दघाट क्षेत्रका ब्यवसायी समेत रहनुभएका दिनेशकी श्रीमति यमकुमारी पुनको रुपन्देहीको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार विहान ४ बजेको समयमा निधन हो । नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानी स्थित ढेढारीफाट स्थायी बसोबास रहेका सेयर सदस्य दिनेशकी श्रीमति यम कुमारी पुनको गत शुक्रबार स्वास्थ्य समस्या आएपछी निज भैरहवा युनिभर्सल मेडिकल कलेजमा गएकी थिइन । अत्यधिक ज्वरो र टाउको दुख्ने समस्या लिएर अस्पताल पुगेकी पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । निजको २४ घण्टा सम्म स्वास्यमा कुनै प्रकारको सुधार नआएपछी उहाँको परिवारले काठमाण्डौ लैजाने तयारी गरिरहदा अस्पतालले उनको स्वास्थ्य समस्या समान्य रहेको र

चाडै निको हुने आश्वासन दिई डिस्चार्ज नगरेको तर निजको स्वास्थ्य अवस्था जटिल बन्दै जादा समेत अस्पतालका चिकित्सकले उहाँको स्वास्थ्यमा ध्यान नदिएको र अस्पतालकै लापरवाहीका कारण पुनको निधन भएको भन्दै उनका आफन्तजनले अस्पतालमा आक्रोश पोख्दा अस्पतालमा केही समय तनाव समेत उत्पन्न भएको थियो ।परिवारले आफुहरुले मृत्युको कारण बुझ्न खोज्दा उल्टै अस्पतालका कर्मचारी तथा चिकित्सकहरुले आफुहरुलाई अभद्र ब्यवहार गरि अस्पतालको गेट बाहिर निकालेपछी आफुहरु आक्रोशित भएको बताएका छन । उत्पन्न परिस्थितीमा प्रहरी र बिरामीका आफन्तबीच धकेला धकेल समेत भएको बताइएको छ ।मृतकका देवर धर्मबहादुर पुनका अनुसार भाउजुले अस्पतालको लापरवाहीका कारण अकालमै ज्यान गएको बताएका छन ।

मृत्युको कारणले अस्पतालमा विवाद भएपछि स्थितीलाई नियन्त्रणमा लिन बाक्लो संख्यामा प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्रीले बताउनुभएको छ । सो समयमा अस्पताल प्रशासन र मृतकको आफन्त बीच भनाभन र धकेला धकेल हुदा अस्पतालका २० जना चिकित्सक घाइते भएको अस्पतालले बताएपनि त्यस्तो त्यस्तो केही नभएको बरु अस्पतालका कर्मचारीको लछार पछारबाट मृतकका आफन्तमध्य २ जना घाइते भएको प्रत्यक्षदर्शी गणेश क्षेत्रीले जानकारी दिनुभएको छ । घटनाको प्रकृती बुुझेपछी प्रत्यक्षदर्शिहरुले अस्पताल जस्तो सवेंदनशिल क्षेत्रले आफ्नो लापरवाहीलाई ढाकछोप गर्न दादा गिरि शैलीमा पिडित पक्ष माथि नै अस्पताल प्रशासनले आक्रमण गर्नु निन्दनिय रहेको बताएका छन । पिडित पक्ष र अस्पताल प्रशासन बीच छलफल पछी मृतकको शव परिवारजनले बुझिसकेको अस्पतालले जनाएको छ । मृतकको शवलाई सोमबार नवलपरासीको त्रिबेणीमा दाह सस्ंकार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।