भीरकोट नगरपालिकाद्धारा प्र.प्र.अ पौडेललाई स्वागत

प्रकाशित मिति:

चुत्र महत / भीरकोट – भीरकोट नगरपालिकाले नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेललाई स्वागत गरेको छ ।
स्वागत गर्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले भीरकोट नगरपालिका सानो नगरपालिका भए पनि नमूना योग्य कामहरु गरेको भन्दै नगरपालिकाको विकास निर्माण निति कार्ययोजनालाई थप प्रभावकारी वाउन सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । कर्मचारीले जनप्रतीनीधिको विकास निर्माणको सपना साकार पार्न

दत्त चित्त भएर काम गरेमा विकास निर्माणको कार्यले फट्को मार्ने भएकाले सोही अनुसार पार्दशी ढङ्गले काम गर्नुपर्ने वताउनु भयो साथै उप प्रमुख कर्माचार्यले नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेललाई कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।स्वागत कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले जनप्रतिनिधि र कर्मचारी एकै सिक्का दुई पाटो भएको भन्दै सहमती र सहकार्यमा काम गर्ने वताउनु भयो । भीरकोटको विकास गर्नको लागी आएको  हुँ

भन्दै पौडेलले सवै भीरकोट वासीहरुको साथ र सहयोगको आपेक्षा समेत व्यक्त गर्नु भएको थियो ।स्वागत कार्यक्रममा वडा न २ का अध्यक्ष कमल त्रिपाठी १ अध्यक्ष एंव नगर प्रवक्त दिपेन्द्र केसी लगायतले प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेललाई सफलकार्यकालको शुभकामनक सहित वधाई व्यक्त गरेका थिए । नगर उप-प्रमुख सिमा केसी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन सुचना अधिकारी राम प्रसाद खनाल र स्वागत नि.प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आर्चायले गर्नु भएको थियो।