दसैं घुमफिर : ठूलो लुम्पेक राम्रो गन्तब्य

प्रकाशित मिति:

गुल्मी । घुमफिर बिना जिन्दगी कल्पना गर्न सकिएला र रु अहँ असम्भव । मान्छेहरु थाहै नपाई घुमफिरमा जोडिएकै हुन्छन् । त्यसो त घुमफिर मान्छेको शोख पनि हो । दसैंको बेला अवसर पनि । बर्षमा सबैभन्दा लामो सरकारी विदा हुने भएकोले सहरबाट गाउँ फर्किने दिन पनि हो दसैं । यतिबेला सहरका बसपार्क वा सार्वजनिक गाडीहरु भीडभाड छ । लाखौं मान्छेहरु पुख्र्यौली गाउँ फर्किने अवसरको रुपमा दसैलाई लिने गर्छन् । दसैं हिन्दु धर्मालम्बीहरुको चाड हो । तर यो नेपालीहरुको जीवनशैली जस्तै बनेको छ । त्यसो त दसैंमा विकृति नमौलाएको होइन, यसवारे छुट्टै चर्चा गरौंला ।

दसैंलाई हिन्दु धर्म परम्परा अनुसार मनाउनेहरु त छँदैछन् । तर पछिल्लो पटक पुस्तक पढेर, घुमफिर गरेर दसैं बिताउने प्रचलन बढ्दो छ । गुल्मीको ठूलो लुम्पेक दसैं घुमफिरका लागी उत्कृष्ट ठाउँ हो । भौगोलिक एवं वातावरणीय दृष्टिकोणले पर्यटकहरुका लागी ठूलो लुम्पेकको यात्रा गर्नु फलदायी छ ।

कसरी पुग्ने ठूलो लुम्पेक

गुल्मी जिल्लाको सदरमुकाम तमघासदेखि १४ कोष पूर्व, समुद्री सतहदेखि २००० मी उचाईमा कालीगण्डकी र वडीघाट रुद्रावती नदीको संगम रुद्रवेनी वजारबाट करिव १० किमि उकालो कच्ची मोटर बाटो चढेपछि ठूलो लुम्पेक गाउँमा पुगिन्छ । त्यहाँबाट करिब ३० मिनेट गाडी यात्रापछि सिरानीमा रहेको सत्यवतीमा पुग्न सकिन्छ ।

सत्यवती प्राकृतिक हिसावले सुन्दर ठाउँ हो । ठूलो लुम्पेकको सिरानीमा रहेको सत्यवतीको धार्मिक र सांस्कृतिक महत्व त छँदैछ । सत्यवतीमा अहिले दैनिकजसो भिडियो सुटिङ गर्ने र अन्य घुम्ने जानेहरुको भीडभाड हुने गर्छ । वि।सं। १९९० तिरबाट तत्कालिन पुजारी श्री लिलाराम तरामु मगर ९बुढोसांढ० र उहाँका परिवारले संरक्षण गर्दै आएको भएपनि केही वर्षयता ग्रामीण पर्यटन विकास गर्ने उद्देश्य सहित स्थानीय संघसंस्थाहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

सत्यवतीबाट पाल्पाको श्रीनगर रेसुङ्गा सिद्धहिले, कालीगण्डकी नदि र उत्तरपूर्व तर्फ धौलागिरी, माछापुच्छ अन्नपूर्ण हिमालहरुको नजिकै दृश्यालोकन गर्न सकिन्छ । यहाँ पुजापाठका लागी पाल्पा स्याङ्जा रुपन्देही पर्वत बाग्लङ म्याग्दी, अर्घाखाँची लगायत जिल्लाहरुबाट हजारौं दर्शनार्थीहरु आउने गर्छन् ।
यस्तै झण्डै २ सय बर्ष अगाडी भुरेटाकुरे दरवार रहेको हचिङ्कोट डाँडा, प्रसिद्व ल्हुम्पेकी थानी थान, खड्कदेवी कोट, लाम्थुडी झरना, सिद्व हिले, मसिना दह, लाली गुराँसे डाँडा, अद्भूत हुक्रायो नाग दृश्यावलोकनका लागी आकर्षणका केन्द्र रहेका छन् । ठूलो लुम्पेकबाट धौलागिरी, माछापुच्छ मानापाथी, लोत्से लगायत हिमशृंखलालाई नजिकबाट हेर्न सकिन्छ ।

प्राकृतिक स्रोत र साधनको दृष्टिकोणले नेपाल जति भरिपूर्ण छ, ठूलो लुम्पेक कृषि पर्यटनको दृष्टिकोणले पनि परिचित रहेको छ । प्रायः प्रत्येक घर परिवारले कृषिलाई व्यवसाय बनाएर जीविकोपार्जन गरिरहेका छन् । टमाटरको टनेल नभएको घर पाउन त मुस्किलै पर्छ । कृषिको सामूहिक उत्पादन र व्यसायिकता यहाँको असाध्यै राम्रो उदाहरण हो । यहाँको तरकारी पाल्पा, बुटवल, स्याङ्जा हुँदै गोरखपुरसम्म विक्री हुँदै आएको छ ।

दसैमा भलिबल र ब्याटमिन्टन प्रतियोगिता
सत्यवती गाउँपालिका वडा नं ३ मा रहेको ठूलो लुम्पेकमा हिमालयन युवा परिवारले हरेक बर्ष भलिबल प्रतियोगिता गर्दै आएको छ । गतबर्षदेखि परिवारले ब्याटमिन्टन प्रतियोगिता सुरु गरेको थियो भने यसबर्ष पनि हुने आयोजकले बताएको छ । ठूलो लुम्पेक गाउँभरिका स्थानीय, छिमेकी गाउँ र जिल्लाहरुबाट समेत कार्यक्रममा सहभागी भई भीडभाड हुने गर्दछ । कार्यक्रमले सबैलाई भेटघाट हुने अवसर जुटाउँदै आएको छ ।

असोज ७ गते दसैं पूर्णिमाका दिन हुने कार्यक्रम समापनमा प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगर सहभागि हुने हिमालयन परिवारका सचिव रोहन थापा मगरले बताए । पूर्णिमाका दिन स्थानीय संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न हुने भएकोले सवैलाई उपस्थितिका लागी सचिव थापा मगरले अनुरोध समेत गरेका छन् ।

 

 

–खोमा तरामु मगर, फोटो