मालपोत अधिकृत पौडेललाई थुनामा राख्न आदेश

प्रकाशित मिति:

काठमाडौँ – विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई धरौटी माग्दै नमागी थुनामा पठाउने आदेश दिएको हो। प्रवक्ता पुष्पराज पाण्डेका अनुसार ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पौडेल पहिलो प्रतिवादी हुन्।

विशेषले पहिलो प्रतिवादीसँग नै धरौटी नमागी थुनामा पठाएसँगै अरु प्रतिवादीहरुसँग पनि धरौटी नमागी थुनामा पठाउने सम्भावना बढेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूवमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।