साँझ टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

प्रकाशित मिति:

काठमाडौँ – काभ्रेको पनौतीमा सोमबार साँझ टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउने आमा-छोरी हुन्। बा ४ ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भिर घाइते काभ्रेको खानीखोला-१ की ३३ वर्षीया जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको उपचारका क्रममा ज्यान गएको हो। ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि पनौती केहीबेर तनावग्रस्त बनेको थियो।