‘ब्लड क्यान्सरका कारण अस्पतालको शैय्यामा मृत्युसँग लडिरहेकी छु’

प्रकाशित मिति:

काठमाडौं  –  सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका-८ की रितु तामाङ ब्लड क्यान्सरका कारण पाटन अस्पतालमा उपचाररत छिन्। इर्खुमा माविमा कक्षा ११ अध्ययनरत २१ वर्षीया तामाङ २ महिनाअघि मात्रै ब्लड क्यान्सर भएको थाहा पाएपछि अस्पताल भर्ना भएकी हुन्।तामाङको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ।

गाउँमा सामान्य खेतीपाती गरेर गुजारा चलाउने उनको परिवार निम्न आर्थिक अवस्थाको हो। ‘अस्पतालको शैय्यामा मृत्युसँग लडिरहेकी छु’ तामाङले भनिन् ‘कोही कसैले मेरो उपचारमा सहयोग गरे दोस्रो जुनी पाएर बाँच्ने थिएँ।’ उनले आफ्नो परिवारमा कसैको आम्दानी नभएका कारण उपचारमा समस्या भएको गुनासो गरिन। ‘बुवाआमाको रोजगारी छैन्। सामान्य खेती किसानी गरेर घर खर्च जुटाउनु हुन्छ। परिवारमा आम्दानीको स्रोत छैन्’ उनले भनिन।

उपचारमा केही सहज बनाउन अनेरास्ववियू सिन्धुपाल्चोकका संयोजक मिलन लामाले सोमबार १ लाख ४३ हजार ८ सय ५० रुपैयाँ तामाङ हस्तान्तरण गरे। सदरमुकाम चौतारामा तामाङलाई बचाउनका लागि केही दिन अघि घरदैलो गरेर संकलित रकम तामाङलाई हस्तान्तरण गरिएको संयोजक लामाले बताए। सहयोग गर्न चाहनेले ९८१८९७२०३९ मा तामाङलाई सम्पर्क गरेर सहयोग गर्न सकिनेछ। अन्नपूर्ण  पोस्ट